May 31, 2023
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्लाको परूवा नगरपालिका-७ का ३६ वर्षिय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनको आज दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जनाइएको छ । उनी आफ्ना दाजुको अन्तिम संस्कारका लागि भारतको बैंग्लोर गएका र असार २४ गते नेपाल फर्किएका थिए । उनी नेपाल फर्किएसँगै रौतहटको परूवा नगरपालिकामा स्थापना गरिएको एक क्वारेन्टिनमा बसेका थिए ।
उनलाई रुघाखोकी र ज्वरोको समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको सोही दिन नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । उनलाई स्वास्थ्यमा धेरै समस्या भएपछि आज बिहान भेन्टिलेटरमा सारिएको थियो । उनको पीसीआरको रिपोर्ट बुधबार नै पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
प्रतिकृया दिनुहोस्