२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

दाङ । विप्लव समूहको नामबाट व्यापारीसंग आठ लाख रुपैयाँ बढी रकम चन्दा माग्ने दुईजनलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले सार्वजनिक गरेको छ । बबई गाउँपालिका–५ हापुरे निबासी गौतम टेडर्सका संचालक निमकान्त गौतमसंग ८ लाख ६५ हजार रकम चन्दा मागेको आरोपमा सोही ठाउँ निबासी २९ बर्षका भास्कर वली र केवल भन्ने कृष्ण वलीलाई सार्वजनिक गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

असार २४ गते घरको मुल ढोकामा विप्लव पार्टीको नामबाट ८ लाख ६५ हजार तीन दिन भित्र बुझाउने पर्ने भन्दै पत्र छोडेका आरोपीले २६ गते राती तोकेको रकम नदिए सन्तान नै सखाप पारिदिने चेतावनी दिएको प्रहरीले बताएको छ । प्रहरीले केबलाई सोमबार र भास्करलाई मंगलबार बिहान पक्राउ गरेको थियो । पक्राउ परेका दुबै जनालाई अपराधिक लाभ अन्र्तगत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको प्रवक्ता डम्बरपालले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका