May 31, 2023
काठमाडौँ । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा भएको सोती घटना छानविन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक देवेन्द्र पौडेलले सोमबार सिंहदरबार पुगेर सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाएका हुन् ।
अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको थियो । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विक आफ्ना साथीहरुसहित चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीलाई बिहे गरेर ल्याउन भनी गएका थिए । तर, युवती पक्षको आक्रमणबाट नवराजसहित ६ जनाको मृत्यु भएको थियो ।
२०७७ जेठ २६ गते बसेको प्रतिनिधि सभा बैठकबाट उक्त घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो । समितिलाई कार्यप्रारम्भ भएको मितिले एकमहिना भित्र प्रतिवेदन तयार गरि सभामुखलाई बुझाएको हो ।
प्रतिकृया दिनुहोस्