१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

भैरहवा । मर्चवारमा रहेको डोम परिवारबारे समाचार प्रकाशन भए पछि दक्षिण कोरियाबाट एक युवाले उनिहरुलाई सहयोग गरेका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर २ बस्ने श्री डोम र गेना डोम बस्ने घर चुहिएर बिचल्ली भएको समाचार आए पछि अहिले बैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरिया रहेका सुमेश प्रजापतिले उनिहरुलाई सहयोग प्रदान गरेका छन् । सुमेशले डोम परिवारको लागी त्रिपाल, चामल, दाल, तरकारी लगायतको खाद्यन्न, कपडा लगायतको सामाग्री सहयोग गरेका हुन् ।

स्थानिय डण्डा खोलाको छेमा अस्थायी छाप्रो बनाएर बसिरहेका डोम परिवार लकडाउनको मारमा परेका थिए । मर्चवार क्षेत्रमा मृत्यु भएपछि अन्तिम संस्कारको लागी ल्याइने लाश पोल्ने र घाटको सरसफाई बापत पाएको रकमले श्री डोम आफ्नो परिवारको पेट पाल्ने गरेका थिए । पछिल्लो समय घाटमा लाश नै नआएको कारण उनको परिवार भोकभोकै बस्न बाध्य भएको थियो । यस्तै भएको अस्थायी छाप्रो समेत सबैतिरबाट चुहिने गरेको थियो । श्री डोम र उनको श्रीमति गेना डोम ५ जना बालबालिका सहित जेनतेन सोही छाप्रोमा बस्दै आएका छन् । गेना डोमले छाप्रो टाल्नको लागी १ थान त्रिपाल समेत सहयोग नपाएको गुनासो गर्दै आएकी थिईन । उनको सोही समाचार हेरेर दक्षिण कोरियाबाट सुमेशले त्रिपाल सहित खाद्यन्न र लत्ता कपडा पुग्ने गरि सहयोग गरेका हुन् ।

त्रिपाल पाए पछि श्री हर्षित भए । उनले पानी पर्दा बालबच्चाहरु समेत एउटा कुनामा ओत लाग्ने बाध्यता रहेको थियो अब भने रातभरि ढुक्क भएर सुत्न सक्ने प्रतिक्रिया दिए । “कति बर्ष भएको थियो बच्चाहरुलाई एक जोर कपडा समेत दिन सकेको थिएन अहिले सबै परिवारले नै नया नया कपडा पायौ ।” उनले भने । समाचारबाट मर्चवारको डोम परिवार समस्यामा परेको थाहा पाएर सहयोग गर्ने ईच्छा लागेका सहयोगी सुमेश प्रजापतिले बताए । उनले आफुले कमाएको रकमबाट विपन्न परिवारलाई केही राहत हुन्छ भन्ने उद्देश्यले सहयोग गरेको बताए । यस बिषयमा ग्लोबल आवाज डटकमले “लाश कुर्दै श्री र गेना” बिषयमा समाचार प्रकाशन गरेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो