१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलद्धारा संयुक्त रुपमा बुटवल उपमहानगरपालिका वडा नं- २ मा रहेको सिद्धबाबा दर्गा भवानी शिवकुमारी सैंजु वृद्धाश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत बृद्धाश्रममा रहेका ८ जना बृद्धबृद्धाहरुलाई फलफुल, तरकारी लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको क्लबका सचिव विशाल पाण्डेले बताए ।

Advertisement

सो अवसरमा बोल्दै लायन्स क्लबका अध्यक्ष निरज केसीले मानवाता नै सबैभन्दा ठुलो धर्म भएको बताए । उनले सबैले आफ्ना अभिभावकहरुलाई माया सद्भाव र स्नेह प्रदान गर्ने हो भने कसैलाईपनि वृद्धाश्रममा जान नपर्ने भन्दै त्यस वृद्धाश्रममा रहेकाहरुलाई सम्मान व्यक्त गरे । त्यस्तै एरीया ३२५ वि २ का कोषाध्यक्ष पौडेलले त्यहा भएका बृद्धबृद्धाहरुले पनि आफ्नो जिवनकालमा हरेका माध्यमबाट राज्यलाई योगदान गरेको बताउँदै क्लबहरुका यस्ता सहयोग र सदभावहरुले आत्मीयता र बृद्धबृद्धाहरुलाई खुसी साथ बाच्ने प्ररेणा मिल्ने बताए ।

लियो क्लबका निवर्तमान अध्यक्ष बुद्धि कुँवरले क्लबले आयोजना गरेको कार्यको प्रशसां गर्दै यस्तै कार्यक्रमहरु निरन्तर दिनुपर्ने बताए । कार्यक्रममा लायन्सका सचिव सागरमाणी पोखरेल, लायन्सका कोषाध्यक्ष सुरेश ज्ञवाली, सहसचिव उत्तम अर्याल, लियो क्लबका निवर्तमान अध्यक्ष बुद्धि कुवर लगाएतले कोभिड १९ को महामारीबाट देश लामो समय देखि बन्दाबन्दीमा गएको र हरेक क्षेत्रमा यसले प्रभाव पारेको हुँदा मानवतालाई केन्द्रबिन्दुमा राखि आश्रममा खाद्यान्नको अभाव नहोस् भनि उक्त कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

हिमाल खनालको अध्यक्षतामा भएको कार्यक्रममा क्लबकि सक्रिय सदस्य अस्मिता सापकोटाको जन्मोत्सव पनि मनाईएको थियो । क्लबले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदि समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै