१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्टीको नाम बेचेर लखनउमा करोडौं रुपैयाँ ठगी गर्ने व्यक्तिविरुद्ध उजुरी दर्ता भएको छ । मुम्बईस्थित आयोसिस स्पा एन्ड वेलनेस कम्पनीका महाप्रबन्धक किरन बाब र निर्देशक विनय भसीनसहित ६ व्यक्तिमाथि ठगीको आरोपमा लखनउको हजरतगन्जमा केस दर्ता भएको छ । 

Advertisement

उजूरीकर्ताका अनुसार यी सञ्चालकहरुले शिल्पा सेट्टी आफ्नो कम्पनीको ब्रान्ड एम्बेडर रहेको भन्दै मानिसहरुलाई शेयर बेचेका थिए ।  कारोबारी रोहितवीर सिंहकाअनुसार किरन बाबले सिल्पा सेट्टी आफ्नो कम्पनीको ब्रान्ड एम्बेसडर बताएका थिए । किरन बाबाको गफमा फसेर उनले कम्पनीमा लाखौं लगानी गरेका थिए । तर, घाटा भएपछि यस कम्पनीका अधिकारीहरुले स्पा सेन्टर बन्द गर्ने धम्की दिए ।  हजरतगन्जका एसीपी अभय कुमार मिश्राका अनुसार आयोसिस स्पा कम्पनीका एमडी र निर्देशकसहित अन्य ६ जनाविरुद्ध केस दर्ता भएको छ र यस विषयमा छानविन चलिरहेको छ । 

रोहितवीरका अनुसार २०१८ मा आयोसित स्पा एन्ड वेलनेस प्राइभेट लिमिटेड कम्पनीका म्यानेजरले हजरतगन्जमा कम्पनीको शाखा खोल्ने बताएका थिए । लगानी गर्ने हो भने शेयर दिनका लागि कम्पनी तयार रहेको उनले बताएका थिए । किरन बाबले यो पनि बताएका थिए कि शिल्पा सेट्टीले कम्पनीको यस शाखाको उद्घाटन गर्नेछिन् । यतिमात्रै होइन शिल्पा सेट्टीले कम्पनीको प्रचार गर्दै गरेको फोटो पनि किरनले देखाएका थिए । 

तर ग्राहकहरुलाई कम्पनीले आवश्यकताभन्दा बढी छुट दिन थालेपछि शेयर लगानी गर्नेहरु हच्किएका थिए । जब हैरान भएर उनीहरुले यस फ्रेन्चाइजीका पूर्व सञ्चालकसँग सम्पर्क गरे तब किरन बाबाको वास्तविकता बाहिर आयो । पूर्व सञ्चालकका अनुसार कम्पनीका मालिक मनोमानी गर्थे । पहिले प्रलोभन देखाएर शेयर दिन्थ्यें, त्यसपछि मानसिक र आर्थिक उत्पिडन सुरु गर्थे ।  

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग