१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

जाजरकोट । तोकिएका मिति भन्दा झण्डै तीन वर्ष पछि ताँसुगाड जलविद्युत् आयोजनाको विस्तृत योजना प्रतिवेदनको मस्यौदा कन्सल्टेन्टले बुझाएको छ । डिजाएड कन्सलटेन्सी काठमाडौँ र एडिएमसी काठमाडौँले संयुक्त रुपमा नलगाड जलविद्युत् आयोजनासँग विस्तृत आयोजना प्रतिवेदन बनाउने भनेर सन् २०१५ अप्रिलमा सम्झौता गरेका थिए । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।

शुरुमा ४.५ मेगावाट मात्र उत्पादन हुने सम्भाव्यता गरिए पनि अहिले दिइएको मस्यौदामा झण्डै ७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन आएको नलगाड जलविद्युत् आयोजनाले जानकारी दिएको छ । डिपिआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेण्ट नयाँ बानेश्वर, एडिएमसी लामो समयसम्मा सम्पर्कमा नआएपछि काम बीचमै रोकिएको थियो । पटकपटकको भाका नाघेर कालोसूचीमा राख्ने तयारी गरेर अन्तिममा कन्सलटेण्टले विस्तृत योजना प्रतिवेदन दिनका लागि काम गर्न नलगाड जलविद्युत् आयोजनासँग अनुरोध गरेपछि पूर्ण कामको जिम्मा दिइएको थियो । नलगाड सरोकार समिति तथा स्थानीयवासीले पटकपटक दबाब दिएपछि मात्र डिपिआरको रिपोर्टका काम कन्सलटेण्टले काम गरेको थियो । डिपिआरका लागि रु ८० लाखमा ठेक्का सम्झौता भएको थियो ।

पच्चीस रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । यो काम सकिने वित्तिकै अर्को वर्ष निर्माणका लागि ठेक्का प्रक्रियामा जान लागिएको नलगाड जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल लगेजुले जानकारी दिनुभयो । स्वदेशी लगानीबाट निर्माण हुने यो आयोजना जाजरकोटको पहिलो आयोजना हुने छ । त्यस्तै ३३ केभी प्रशारण लाइनको सव–स्टेशनसमेत आयोजनास्थल चौखामा निर्माण गर्न लागिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई