१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बागलुङ । जिल्लामा ५५ प्रतिशत रोपाइँ सकिएको छ । वर्षाले साथ दिएपछि चाँडै रोपाइँ भएको हो । असारभित्र अधिकांश क्षेत्रमा रोपाइँ सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ । “मौसम अनुकूल पर्नाले यसपालि रोपाइँ छिटो भयो”, केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने । सिञ्चित र दुई बाली फल्ने खेतमा त जेठ दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको थियो ।

Advertisement

बढी धान उब्जाउ हुने मजुवा फाँटमा रोपाइँ सकिएको गलकोट नगरपालिका, कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए । गलकोटका मजुवालगायत फाँट खोला आसपास भएकाले रोपाइँलाई समस्या नपर्ने उनको भनाइ छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् । आकाशे पानीमा भर पर्ने खेतमा पनि दैनिक जसो परेको वर्षाले किसानलाई राहत मिलेको छ । छिटो रोपाइँ हुने क्षेत्रमा गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायत पर्छन् । तीन बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ ।

जिल्लाको कुल ६ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । “बागलुङमा प्रतिहेक्टर तीन मेट्रिक टन धान उत्पादन हुन्छ”, वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले भने, “उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तारै बढ्दै छ ।” बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन् । तुलनात्मक रुपमा भने अहिले पनि स्थानीय जातकै धान खेती बढी हुने गरेको केन्द्रले जनाएको छ । उन्नत धानको खेती बढाउन किसानका लागि बीउ वितरण, विज वृद्धिजस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको छ । उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने किसान बताउँछन् ।

जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १,२,३ लगायतका उन्नत धानको खेती हुँदै आएको छ । छिमेकी पर्वत जिल्लामा भने हालसम्म जम्मा २५ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । पर्वतमा झण्डै साढे आठ हजार हेक्टरमा धान खेती हुँदै अएको छ । केन्द्रको कार्यक्षेत्रमा बागलुङ र पर्वत पर्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै