७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बुटवल । विश्वव्यापी कोरोना महामारीसँगै बन्दाबन्दीका कारण व्यवसायीहरु संकटमा परेका छन् । कतिपय उद्योगहरु बन्दको अवस्थामा पुगेकाले उद्योगी व्यवसायी आर्थिक रुपले संकटमा परेको रुपन्देही उद्योग संघले बताएको छ । लकडाउनको अवधीभर उद्योगहरु सञ्चालन नभएकाले व्यवसायीले बैंकको व्याज र किस्ता तिर्न नसक्ने अवस्था आएको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले बताए ।

Advertisement

उद्योगी व्यवसायीहरु लकडाउनका कारण आर्थिक संकटमा परिरहेकै बेला सरकारले असार मसान्त भित्र कर दाखिला गर्नका लागि ताकेता गर्नु गलत भएको उनले बताएका छन् । संघले मँगलबार बुटवलमा पत्रकार सम्मेलन गरी ५० प्रतिशत व्याज छुट र किस्ताको भाका सरकारसँग माग गरेको छ । लकडाउन अवधीको करमा पनि छुट हुनुपर्ने व्यवासायीको माग छ । संघमा आवद्व रुपन्देहीमा सञ्चालित १२ सय बढी उद्योगहरु लकडाउनभर बन्द गर्नु परेकाले व्यवसायी संकटमा परेका हुन् । श्रमिकहरुको रोजगारीलाई निरन्तरता दिनका लागि उद्योगहरुलाई न्यूनतम व्याजदरमा पुनःकर्जा उपलब्ध गराउनु पर्ने रुपन्देही उद्योग संघको माग छ ।

संघका अध्यक्ष बोहोराका अनुसार लकडाउनका कारण सबै प्रकारका उद्योगहरु मारमा परेको र सबै भन्दा बढी होजेरी, पर्निचर, निर्माण क्षेत्रका उद्योगका साथै पर्यटन व्यवसाय ठप्प रहेका छन् । लकडाउन केही खुकुलो भएसँगै सरकारले उद्योगहरु सञ्चालन गर्न भनेपनि सरकारले भनेझै उद्योगहरु सञ्चालन गर्न नसकिएको उद्योगी व्यवसायीले बताएका छन् । रुपन्देहीमा सञ्चालित साना ठूला सबै उद्योगहरुमा काम गर्ने कामदारहरु आधाजसो भारतीय नागरिक भएको र ति भारतीय कामदार लकडाउनका कारण नफर्किएकाले उद्योग सञ्चालन गर्न नसकिएको व्यवासायीको भनाइ छ ।

नीतिगत रुपमा उद्योगी व्यवसायीका मागहरुलाई सम्बोधन गरी आर्थिक सुधारको जगलाई बलियो बनाउनु पर्ने र त्यसका लागि तत्काल उद्योगहरुका लागि आवश्यक पर्ने कच्चा पदार्थको भन्सार दर कम गर्नुपर्ने, विद्युत महशुलमा ५० प्रतिशत छुट गर्नुपर्ने व्यवसायीका माग छन् । कालोवजारी रोक्नका लागि उद्योगलाई चाहिने अतिआवश्यक वस्तुको आपूर्ति सहज बनाई उत्पादन बजारले खपत गर्न नसके राज्यले खरिद गर्नका लागि न्यूनतम ग्यारण्टी हुनुपर्ने माग गरिएको छ ।

रुपन्देहीमा सञ्चालित साना ठुला १२ सय बढी उद्योगमा काम गर्ने कामदारहरुको चैत्र महिनाको तलव पुरा दिइएको र अन्य महिनाको तलव ५० प्रतिशत उपलब्ध गराइने कुराकानी भएको संघका अध्यक्ष बाबुराम बोहोराले पत्रकार सम्मेलनमा जानकारी गराए । कूनैपनि उद्योगमा काम गर्ने मजदुरहरुले तलव नपाएको गुनासो सहितको उजुरी अहिलेसम्म संघमा नआएको समेत अध्यक्ष बोहोराले बताए ।

उद्योगीले कर, घरभाडा बैंक ब्याज, स्थानीय लगाएत सम्पूर्ण कर तिर्ने र संकटको बेला राज्यलाई आर्थिक र भौतिक सहयोग गर्ने तर, उद्योगी संकटमा पर्दा राज्यले नहेर्ने प्रवृत्तिले उद्योगीलाई थप मर्माहत बनाएको संघका महासचिव जिवकान्त काफ्लेले बताए । उनले भने ‘ रोजगार सिर्जना गरी उत्पादनद्वारा आयातलाई न्यूनिकरण गर्दै आर्थिक चलायमान बनाई राज्यलाई आर्थिक सहयोग पुयाउँदै आएका उद्योग र उद्योगीप्रति सरकार उल्टै आश्वासन मात्रै दिएर गैरजिम्मेवारी देखाई रहेको छ ।’ पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष गणेश अधिकारी,पूर्व अध्यक्ष एजाज आलम,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे,राससका प्रदेश प्रमुख भरत केसी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने