१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अनशनरत सत्याग्रही युवाबीच सहमति भएको छ ।मन्त्रालयका तर्फबाट वरिष्ठ विशषेज्ञ डा रोशन पोखरेल र सहप्रवक्ता डा समिरकुमार अधिकारी र सत्याग्रही युवाका तर्फबाट बिन्ज्वाला श्रेष्ठ र डा सन्तोष पौडेलबीच १२ बुँदे सहमति भएको हो ।सहमतिसँगै अनशनरत युवाले अनशन तोड्न छन् । सहमतिअनुसार कोभिड–१९ को पहिचानका लागि आरडिटी प्रयोग स्थगित गरी पिसिआर विधिमात्र प्रयोग गरिने छ ।

विदेशबाट नेपाल फर्किरहेका व्यक्ति, कोभिड १९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका, जोखिममा भएका स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वाससम्बन्धी रोगका लक्षण देखा परेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुघ्ने शक्ति हराएकोजस्ता कोभिड–१९ का कुनै पनि लक्षण देखा परेका व्यक्ति र पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्तिको पिसिआर परीक्षण हुने छ । सहमतिअनुसार विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर निजको इच्छाअनुसार होम क्वारेन्टाईन वा होटल क्वारेन्टिन वा सार्वजनिक क्वारेन्टिनमा बस्ने वा राख्ने व्यवस्था गर्ने, क्वारेन्टाइन र होल्डिग सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा भएकालाई अनिवार्य पिसिआर विधिद्वारा परीक्षण गर्दा नेगेटिभ नतिजा आएमा मात्र समाजमा पुनः स्थापना गर्ने गराउने व्यवस्था कार्यविधि र निर्देशिकामा यसै हप्ताभित्र समावेश गर्ने गरिने भएको छ ।

यस्तै सर्वोच्च अदालतको फैसला र आदेशबमोजिम परीक्षण तथा क्वारेन्टिनलगायतका विषयमा हाल जारी गरिएका निर्देशिका एवं मापदण्ड परिमार्जन गर्ने, कोभिड–१९ को खर्च सम्बन्धि विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सन्दर्भमा श्रम मन्त्रालय र अन्य विषयमा गृहमन्त्रालयलाई एक हप्ताभित्र लेखी पठाउने पनि सहमतिपत्रका उल्लेख गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै