७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काबुल । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरु शान्ति वार्ताको लागि तयार रहेका अफगानिस्तानका लागि अमेरिकी विषेश दूतले जानकारी दिएको समाचारमा जनाइएको छ ।अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले आइतबार सो कुराको जानकारी दिएको सो समाचारमा उल्लेख गरिएको हो । उनले अफगानिस्तानका तालिबानीहरु त्यहाँ शान्ति ल्याउने कामका लागि आवश्यक परेको समन्वय गर्ने काममा तयार देखिएको बताएका हुन् ।

अफगानिस्तानमा शान्ति स्थापना हुन सके आर्थिक विकास हुने भन्दै उनले ट्वीट गरेर अफगानिस्तानमा शान्ति ल्याउने कामका लागि यहाँका जनता र तालिबानीहरु तयार रहेका आफूले पाएको बताएका हुन् । उनले यहाँ शान्तिका लागि अफगानिस्तानका नागरिक, यहाँको सरकार र तालिबानीहरु स्वयं तयार नभएसम्म हुदैन भन्दै तर त्यसकालागि उनीहरु तयार रहेको पाइएको बताए। अमेरिकाले अफगानिस्तानका तालिबानहरुसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो ।

कतारको दोहामा सो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा तालिबानहरुले पनि आफूहरु शान्ति वार्ता गर्न तयार भएको बताएका थिए । आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरुले राखेका शर्त बमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने