१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

काठमाडौं । करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले बाग्मती प्रदेशका यातायात कार्यालयमा दर्ता रहेका सरकारी, संस्थान र निजी स्वामित्वमा रहेका सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न सूचना गरेको छ ।

विभागले असार २१ गतेदेखि अनलाइन फाराम खुला गरेको छ । विभागको वेबसाइटमा गई इम्बोस्ड नम्बर प्लेट प्रणालीमा प्रवेश गरी अनलाइन फाराम भर्न सकिने जनाएको छ । दुई पाङ्ग्रे सवारीका लागि दुई हजार पाँच सय रुपियाँ शुल्क तोकिएको छ । तीन पाङ्ग्रे सवारीका लागि दुई हजार नौ सय रुपियाँ, चार पाङ्ग्रे तथा मझौला सवारीका लागि तीन हजार दुई सय रुपियाँ र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ शुल्क तोकिएको छ ।

दुई पाङ्ग्रे सवारीका लागि यातायात व्यवस्था कार्यालय गुर्जुधारा, तीन पाङ्ग्रे र साना तथा मझौला चार पाङ्ग्रे सवारीका लागि सवारी परीक्षण कार्यालय टेकु, ठूला सवारीका लागि यातायात व्यवस्था कार्यालय एकान्तकुना र सरकारी सवारीका लागि यातायात व्यवस्था विभाग मीनभवन तोकिएको छ । इम्बोस्ड नम्बर जडानका लागि हालसम्मको राजस्व चुक्ता भएको हुनुपर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई