१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत ६ लेन सडकको डिभाइडरमा तिलोत्तमा नगरपालिकाद्वारा रोपिएको र हुर्कीएको ३२ वटा स्टोनियाको रुख र ३० वटा फोहोर फाल्न डस्टबिन मणिग्राम चोक देखि नयामिलसम्म अपराधिक समुहले गत बिहीबार राति काटिएको र तोडफोड भएको घटना प्रति राष्ट्रिय जनमुक्ती पार्टी तिलोत्तमा नगर समितिले कोभिड १९ विषम परिस्थितीमा पनि विरोध तथा खबरदारी कार्यक्रम गरेको छ । विरोधमा उत्रिएका पार्टीका नेता कार्यकर्ताहरुले मणिग्राम चोक स्थित सिद्धार्थराजमार्गको सडक अबरुद्ध गर्दै चर्को विरोध गरेका थिए ।

सार्वजनिक सम्पत्ति क्षती पुर्याउने अपराधिक घटनाको विषयलाई लिएर सो पार्टीका संघीय परिषद सदस्य गीता सारुले यसअघि गत वर्ष साउन १ गते राति तिलोत्तमा ड्राइभरटोल नयाँमिल खण्डको ६ लेन सडकको बीचको डिभाइडरमा राखिएका पँचवटा बुद्धका मूर्तिहरू फोडिएको बताउँदै यसरी पटक–पटक नगरमा भइरहेका यस्ता घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराएकी छिने । उनले यस्ता अपराधिक समुहलाई तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गरिनु पर्दछ । तर दुस्खको कुरा आज सम्म ति अपराधीहरुलाई कारबाही गर्न नसकेको भन्दै प्रशासनले के हेरिरहेको छ ? यहाँ को नगर सरकारले के गरिरहेको छ ? भन्दै स्थानिय सरकार र प्रशासनलाई केन्द्रित गर्द प्रश्न गरिन् । प्रदर्शनकारीहरुले ‘खबरदार ! सार्वजनिक सम्पत्ती क्षेती गर्न पाईदैन्’, ‘सार्वजनिक सम्पत्ती क्षती पुर्याउने अपराधिलाई कडा कारबाही हुनुपर्छ’ जस्ता नाराका व्यान सहित प्रदर्शनमा उत्रिएका थिए । विरोध सभामा राष्ट्रिय महिला मोर्चा नगर अध्यक्ष निर्मला अस्लामी मगर, रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापा, प्रदेश ५ अध्यक्ष झम बहादुर गुरुङ्ग र प्रमुख बक्ता संघीय परिषद सदस्य गीता सारुले बोलेका थिए ।

नगरअध्यक्ष भोमबहादुर बुढा मगरको अध्यक्षता भएको कार्यक्रममा राष्ट्रिय महिला मोर्चा नगर अध्यक्ष निर्मला अस्लामी मगर, रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापा, प्रदेश ५ अध्यक्ष झम बहादुर गुरुङ्ग लगाएतले बोलेका थिए । कार्यक्रम संचालन सचिव प्रेम कनौजेले गरेका थिए । विरोध कार्यक्रम पछि तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझ्दै, उक्त बिरुवा कसले र किन काट्यो भन्नेबारे स्थानीय प्रहरीले अनुसन्धान थालिसकेको र सार्वजनिक सम्पतिका रुपमा ‘ग्रीन तिलोत्तमा’को अवधारणालाई पूरा गर्न लगाइएका रुख बिरुवा काट्ने जोकोहीलाई कडा कारबाही गरिने नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै