Mar 31, 2023
काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारण तथा स्थानीयका लागि शेयर निष्कासन गर्ने भएको छ। यसका लागि नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबिच स्थानिय बासिन्दा एबं सर्वसाधारणमा सेयर निस्कासन एबं प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आज सम्झौता भएको छ ।
चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो । उक्त प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।
प्रतिकृया दिनुहोस्