१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौं । यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ। अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको ग्रेड पठाउने छ ।

Advertisement

विद्यालयले तीन तहको परीक्षाको आधारमा जिल्ला शिक्षा समन्वय इकाइलाई पठाएको अंकमा इकाइले प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने छन्। मन्त्रिपरिषद्को बैठकले विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा प्रमाणपत्र दिने निर्णय गरेपछि आफ्ना सबै विद्यार्थीलाई ‘ए’ प्लस देखि ‘ई’ ग्रेड आउने सम्मको नम्बर दिने अधिकार विद्यालयलाई नै हुनेछ। अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएपछि सबै विद्यार्थीले ‘सी’ भन्दा तल नआउने आँकलन गरिएको छ।

बोर्डका अनुसार ९० देखि सय प्रतिशत अंक ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ८९ लाई ‘ए’, ७० देखि ७९ लाई ‘बी’ प्लस, ६० देखि ६९ सम्म ‘बी’, ५० देखि ५९ ‘सी’ प्लस र ४० देखि ४९ प्रतिशत अंक ल्याउनलाई ‘सी’ ग्रेड दिने व्यवस्था छ। राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कार्यविधिमा पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र अन्तिम परीक्षाको ६० प्रतिशत अंक दिने उल्लेख छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यस्तो अवस्थामा विद्यालयलाई अन्तिममा लिएको परीक्षालाई सय पूर्णाङ्कमा परिवर्तन गरी विषयगत अंक दिने व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिए।

‘हामीले कार्यविधि बनाएका छौं, त्यसैलाई आधार मानेर अंक दिनुपर्ने व्यवस्था छ’,उनले भने। सरकारले सेन्टअप वा टेस्ट परीक्षा रद्ध गरेका कारण अधिकांश विद्यालयले विद्यार्थीको परफरमेन्सको आधारमा नम्बर पठाउने भएका छन्। विद्यालयले कस्ता विद्यार्थीलाई कति नम्बर दिएर पठाउँछन् भन्ने विषय चासोको रुपमा हेरिएको छ । बोर्डका अध्यक्ष प्राडा पौडेलले भने, ‘यो परीक्षामा विद्यार्थीलाई कति नम्बर दिएर पठाउँछन् भन्ने विषयले विद्यालयको समेत मूल्याङ्कन हुन्छ । यो वर्ष विद्यालयको पनि परीक्षण गर्ने समय हो।’ आजको समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग