Mar 21, 2023
बुटवल । नेपालमा शनिबार मात्रै थप २३२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लो २४ घण्टामा देशभर गरी २३२ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । यसैगरी बितेको २४ घण्टामा नेपालमा थप २७२ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको जम्मा संख्या ६ हजार ४१५ जना संक्रमण पुगेको छ । विगत २४ घण्टामा दुई जनाको मृत्यु भएर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
प्रतिकृया दिनुहोस्