Mar 31, 2023
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूभन्दा उत्कृष्ट नेता आएमा अहिल्यै पद छाड्न तयार रहेको बताएका छन्। पाटन दरबार परिसरमा अनसनमा बसेर बिरामी परेपछि ह्याम्स अस्पतालमा भर्ना भएकालाई भेटेर बालुवाटार फर्किएपछि ओलीले नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गर्दै आफूभन्दा उत्कृष्ट नेता आएमा अहिल्यै पद छाड्न तयार रहेको बताएका हुन्।
युवा-विद्यार्थीका नेताहरुलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, कालापानी र लिपु लेकसहितको नक्सा निकालेपछि भारतले चौतर्फी घेराबन्दी गरेको बताए। उनले अहिलेको लडाइँ सैद्धान्तिक भन्दा कुर्सीका लागि भएको बताउँदै अब पार्टी र सरकारको पनि नेतृत्व युवा पुस्तालाई सुम्पिनुपर्ने बताए । ‘अहिले पार्टीमा देखिएको विवादलाई लिएर कुनै किसिमको चिन्ता नलिनू । उनले भने, अब खासगरी हामी बुढा बुढा लडेर हुँदैन। अब पार्टी र सरकारको पनि नेतृत्व युवा पुस्तालाई छाड्नुपर्छ।’
प्रतिकृया दिनुहोस्