१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

फाइल तस्विर

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा गएरातीदेखि परेका अविरल वर्षाका कारण पहिरो जाँदा २ जना वेपत्ता भएका छन् । वडा नम्बर १ को निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा ९ वर्षकी बालिका अपिच्छा खत्री बेपत्ता भएकी छन् । बालिकाकी आमा २८ वर्षीय इश्वरा खत्रीलाई भने ६ घण्टापछि स्थानीयले जीवितै उद्धार गरेका छन् । पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटल पुर्दा होटलमा बास बसेका एक जना सम्पर्कबिहीन भएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर विष्टले जानकारीदिए ।

Advertisement

पहिरोमा परी वेपत्ता भएकी बालिकाको हजुरबुवा ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएका छन् । गएराति झण्डै १२ बजेतिर बस्तीभन्दा पाँच सय मिटर माथिबाट पहिरो खसेको थियो । पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएको स्थानीयले बताएका छन् । पहिरोले बाटो अवरुद्ध भएपछि घाइते भएकाहरुको उपचारका लागि अस्पताल पुर्याउन समेत समस्या भएको गाउँपालिका अध्यक्ष विष्टले बताए । घटना स्थलमा उद्धारका लागि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको छ ।

इस्माका अन्य वडाका बासिन्दा पनि पहिरोको जोखिममा
गाउँपालिकाको वडा नम्बर ४ मा गएरातिदेखिको वर्षा र पहिरोका कारण ७ घर परिवार विस्थापित भएका छन् । थोरे डाँडाका उनिहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा पहल भैरहेको गाउँपालिका अध्यक्ष विष्टले बताए ।

यसैगरी वडाको ढाँड भन्ने स्थानमा रहेको कालिका आधारभूत विद्यालयको भवन पूर्ण रुपमा भत्किएको छ । क्वारेन्टिका रुपमा प्रयोग गरिएको सो विद्यालयमा बसिरहेका ७ जनालाई अन्यत्र सारिएको विष्टले जानकारी गराएका छन् । यसअघि पहिरोका कारण वडाका १४ घर परिवार विस्थापित तभैसकेका छन् । यसैगरी वडा नम्बर ५ मा पनि १ घर विस्थापित हुने अवस्थामा रहेको तथा ५ घर जोखिममा रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’