१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाण्डौं । मनसुन संक्रिय भएसँगै देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। भारी वर्षाका कारण नदिमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित हुने संभावना रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

Advertisement

हाल देशभर सामान्यदेखि पुर्ण बदली रही सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बागमति प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । काठमाडौं उपत्यकामा पनि मध्यान्हपछि वर्षाएको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम

असार १९ गते (शुक्रबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति: देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २० गते (शनिबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २१ गते (आइतबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमति प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति: देशको सबै प्रदेशहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। -नेपाल समय

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग