ताजा अपडेट »

लास कुर्दै श्री र गेना

विहीबार, १८ असार २०७७, २० : ५४
8 Shares

भैरहवा । मानिसको मृत्यु पछि सायदै कोही खुशी हुन्छन् होला । जतिसुकै शत्रु भएपनि उसको मृत्यु पछि खुशी हुँदैन होला । मानिसको मृत्युपछि पनि खुशी मनाउने कोही छन् भनेर सुन्दा पनि अचम्म लाग्न सक्छ । हो तिनै खुशी मनाउने मध्येको हुन श्री र गेना । तर, मानिस नमरेकै कारण उनिहरु केही महिनादेखि खुशी मनाउन सकेका छैनन् । मर्चवारी गाउँपालिका वडा नम्बर–७ कन्चनपुर गाउँ बाहिर स्थानीय डण्डा खोलाको छेउमा बसेर उनिहरु लास आउने बाटो कुरिरहेका छन् । लाश कुर्नु उनिहरुको पेशा र बाध्यता दुबै हो । स–साना ५ वटा बालबालिका सहित आफ्नो पनि पेट भर्ने माध्यम नै लाश हो उनिहरुका लागि ।

पहिला प्रयाप्त रुपमा लास आउँथे । यसले उनिहरुको दैनिकि चलाउन सहज भएको थियो । सानै झुपडीमा भए पनि श्री र गेना आफ्ना ५ जना बालबालिका सहित आनन्द साथ बसेका थिए । गरिब त उनिहरु छन् नै लकडाउन अगाडि २ छाक खान पुगिरहेको थियो । लकडाउन पछि भने उनिहरुलाई हातमुख जोर्न धौ–धौ भएको छ ।लकडाउन पहिला सातामा २–४ वटा शव आए पनि अहिले शव नै नआएको श्री डोमको दुखेसो छ । लकडाउनको अवधिमा अहिलेसम्म २ वटा मात्र शव घाटसम्म आइपुगेको उनले बताए ।

डण्डा खोलाको छेउमा लाश पोलेर आफ्नो जिविका चलाउँदै आएको डोम समुदायको यो परिवार अहिले आफ्नो पेट पाल्न अरु कसैको शव कुरेर बस्नु परेका छ । शव लिएर आउने घाटमा आउनेहरुका लागी चिता तयार गरि दने, लास पोल्ने, सरसफाई गर्ने लगाएतको काम गरेर श्री डोमले १ सय देखी ५ सय रुपैयाँसम्म कमाउने गरेका थिए । यसले उनको श्रीमती गेना डोम र ५ जना बच्चाहरु पाल्न सघाएको थियो । यसरी नपुगे उनि मागेर पनि खाने गरेका छन् । डोम समुदायकै भएको कारण उनिलाई कसैलाई काम गर्न दिदैन ।

लकडाउनले अरु सबैको खुशी चोरे जस्तै श्री र उनको परिवारको पनि खुशी खोसिएको छ । घरको नाममा एउटा सानो झुपडी छ । आफ्ना बच्चा र श्रीमती सहित यहि झुपडीमा रात कटाउँछन् उनि । बाहिर डण्डा खोलामा बाढी आयो भने त्यो सोझै उनको झुपडीमा पुग्ने गरेको छ । राती पानी प¥यो भने पनि झुपडी चुहिएर सबै बच्चा सहित गेना डोम एउटा कुना च्याप्नु पर्छ । खरको छानो भएको उनको घरमा त्रिपाल राखेर टाल्ने हो भने कम्तिमा रातभरि सुत्न हुन्थ्यो तर, खानै नपुगेपछि कसरी त्रिपाल किन्ने रु गेनाले दुखेसो गरिन् ।केही दाताहरुले केही खाद्यन्न सहयोग गरेपछि अहिलेसम्म उनको परिवार पालिदै आएको छ । तर, अब त्यो पनि सकिएछ । अब परिवार कसरी पाल्नेमा उनिहरु चिन्तित छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।