ताजा अपडेट »

हिसान, प्याब्सन र एन प्याब्सनको संयुक्त बैठक : नीतिगत एकरुपतामा जोड

शनिबार, १० जेठ २०७७, १९ : ०६
6 Shares

बुटवल । लामो समयको लकडाउन र त्यसले शैक्षिक संस्था एवम् विद्यार्थीमा परेको प्रभाव र समस्याको न्यूनीकरणका लागि हिसान, प्याब्सन र एन व्याब्सनको शनिबार संयुक्त बैठक बसेको छ । बैकले लकडाउनका अवधिमा शैक्षिक गतिविधीको अवधारणा तथा आगामी दिनमा अपनाइने नीतिमा एकरुपता ल्याउने निश्कर्षमा पुगेको हिसान रुपन्देही अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी गराए ।

बैठकमा बन्दाबन्दीको अवस्थामा शैक्षिक संस्थाहरुले आफूसँग प्राप्त प्रविधीहरुको अधिकतम सदुपयोग गर्दै विद्यार्थी एवम् अभिभावकहरु सङ्ग निरन्तर सम्पर्कमा रहने, विद्यार्थीलाई अनौपचारिक शिक्षाको माध्यामद्वारा पाठ्यक्रममा जोड्ने लगायतका बारेमा छलफल भएको थियो । यसैगरी निजी विद्यालयलाई परेको समस्या समाधानका लागि र अनलाइन कक्षा सञ्चालनमा देखिएको नेट्वर्कको समस्या समाधान गर्दै पाठ्यपुस्तक सहज रुपमा विद्यार्थीको हात हातमा पुग्ने वातावरण निर्माणका लागि सहजीकरण गरिदिन स्थानीय तहलाई संयूक्त ज्ञापन पत्र बुझाउने निर्णय भएको छ ।

बैठकमा हिसानका निर्देशक डा.आर.सी आचार्य ,हिसान केन्द्रीय सदस्य लोकनाथ उपाध्याय, जिल्ला सल्लाहकार दामोदर भुषाल, टुक बाहादुर क्षेत्री अनन्तराम शर्मा, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, एन प्याब्सन जिल्ला अध्यक्ष पुरुषोत्तम बश्याल, हिसान रुपन्देहीका जिल्ला पदाधिकारीहरु दिनेश भुषाल, पुष्प घिमिर, मधु ज्ञवाली, तुलसी प्रसाद सापकोटा, कृष्ण न्यौपाने लगाएतको उपस्थिति रहेको अनलाइन बैठकको अध्यक्षता एवम् सन्चालन हिसान जिल्ला अध्यक्ष कृष्ण प्रसाद पौडेलले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।