ताजा अपडेट »

फेवातालमा प्याराग्लाइडिङ खस्यो

आइतबार, १९ फागुन २०७५, १२ : २८
6 Shares

फागुन १९,

पोखरा पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । प्याराग्लाइडिङमा परी एक जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

पोखराको सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेर दुर्घटना भएको हो । प्याराग्लाइडिङ तालमा खसेको दुर्घटना लगत्तै उद्धार टोली परिचालन गरी घाइतेलाई प्याराउद्धार गरिएको थियो ।

उद्धार गरिएका घाइतेलाई अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । घाइतेको परिचय भने खुल्न सकेको छैन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।