ताजा अपडेट »

'नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतसम्म हुन्छ'

आइतबार, ३० चैत्र २०७६, १३ : ४४
6 Shares

बुटवल । कोरोना भाइरसका कारण नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा १.५ देखि २.८ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरेका छ।

विश्व बैंकले जारी गरेको दक्षिण एसिया इकोनोमी फोकसमा कोरोनाका कारण रेमिटेन्स घट्ने, पर्यटन क्षेत्र ठप्प भएको तथा व्यापार प्रणाली रोकिएकाले आर्थिक वृद्धि १.५ देखि २.८ सम्म मात्र हुने प्रक्षेपण गरेको हो। यसअघि सामान्य अवस्थामा साढे ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान विश्व बैंकको थियो।

सरकारले चालु आर्थिक वर्षको बजेटमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको लिएको छ। कोरोनाका कारण एक महिना अगाडि ५ प्रतिशत मात्र आर्थिक वृद्धिदर हासिल हुने अनौपचारिक अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको थियो। विश्व बैंकले कोरोना भाइरसको कारण लकडाउन गर्नुपरेको र यसले अर्थतन्त्रको स्थिति अझै खराब हुने जनाएको छ। 

केहिसमय अघि एसियाली विकास बैङ्क (एडीबी)ले नेपालको आर्थिक वृद्धिदर ५.३ मात्र हुने अनुमान गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।