१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

फाइल तस्विर

दाङ । तुलसीपुरमा प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टीबल २०७६/०७७ हुने भएको छ । दाङको पयर्टकीय क्षेत्रको प्रवद्र्धनका लागि तुलसीपुरमा आगामी चैत्र २८ गतेदेखि बैशाख ८ गतेसम्म प्याराग्लाइडिङ एण्ड अटो मोवाईल तथा सो म्युजिक फेस्टीबल २०७६/०७७ हुन लागेको हो ।

चन्द्र सुर्य प्रालिको आयोजनामा हुन लागेको फेस्टीबलमा तुलसीपुरमा प्याराग्लाइडिङको उडान गर्ने, अल्ट्रा लाइट एयरको उडान, हट एयर बेलुनको उडान सहित विभिन्न सांगितिक कार्यक्रम हुन लागेको मेलाका संयोजक तथा चन्द्र सुर्य यातायात प्रालिका अध्यक्ष अरुण कुमार श्रेष्ठले जानकारी दिए । प्याराग्लाइडिङ, अल्ट्रा लाईट एयर फ्लाईट , हट एयर बेलुनमार्फत दाङसहित प्रदेश नम्बर ५ का पर्यटकिय क्षेत्रको अवलोकन गर्न सकिने उनले बताए । पर्यटन प्रवद्र्धनलाई सहयोग पु¥याउने उद्देश्यले संचालन हुन लागेको मेलामा प्रदेश नम्बर ५ को पहिचान झल्कने वस्तुको प्रदर्शनी तथा बिक्रि, घरेलु उद्योगबाट उत्पादित वस्तु तथा स्थानीइ हस्तकला काठ, बाँस एवं माटोबाट बनेका वस्तुको प्रदर्शनी तथा बिक्रि, कृषिजन्य वस्तुको प्रदर्शनी तथा बिक्री, जडिबुटी प्रदर्शनी, विभिन्न आधुनिक उपकरणहरुको प्रदर्शनी तथा बिक्रि, अटो मोबाइल्स प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

जिल्लामै पहिलो पटक आयोजना गरिएको फेस्टिबलमा विभिन्न जातजातिहरुको खानाको प्रर्दशनी तथा बिक्रि वितरण, यातायातलाई यात्रुमैत्री बनाउनका लागि मजदुरलाई अभिमुखिकरण, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनिबाट उत्पादित गाडीहरु तथा मोटरसाइकलको प्रदर्शनी तथा बिक्रि वितरण हुने संयोजक श्रेष्ठले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग