१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । कोभिड-१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएकाे बीबीसीले जनाएको छ । कोरोनाको कारण भारतमा पहिलो व्यक्तिको ज्यान गएको हो । भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

यसैबीच इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । इटलीमा १५ हजार एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । भाइरसकाे उद्गमस्थल चीनले नयाँ सङ्क्रमण रोकिने क्रममा पुगेको भन्दै माहामारी नियन्त्रण भएको बताइरहँदा इरान, स्पेन, फ्रान्स, जर्मनी, अमेरिका, स्विजरल्याण्ड, स्विडेन, डेनमार्क, अस्ट्रेलियालगायत देशमा भने सङ्क्रमण फैलिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।

अहिलेसम्म विश्वका एक सय २६ देशमा फैलिएको कोरोना भाइरसबाट एक लाख ३४ हजार पाँच सय १९ जनामा सङ्क्रमण भएको छ । जसमध्ये झण्डै ६९ हजार जना निको भएर घर फर्किएका छन् । चार हजार ९ सय ७० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्न विभिन्न देशले यात्रामा प्रतिबन्ध तथा कडाइ, नाकाबन्द, भिडभाड हुने सार्वजनिक कार्यक्रम लगायत रोकेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै