१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । विगत ४ वर्षदेखि बुटवलको औद्योगिक क्षेत्रमा रहेर फर्निचर तथा फर्निसिङ सम्बन्धि काम गर्दै आएको लिगेशी उड वर्क प्रा.लि.ले आफ्नो पहिलो स्वरुम तिलोत्तमाको जाननिकरमा सञ्चालनमा ल्याएको छ । विगत लामो समय देखि रुपन्देहीमा समाजिक क्षेत्र, उद्योगमा नाम कमाएकी कल्पना सिवाकोटी पोखरेल, मिना पोखरेल र सृजना गहतराजको समुहले उक्त उद्योग र शोरुम स्थापना गरेको हो । १ करोड बढीको लागतमा तयार पारिएको शोरुमको बुधवार समाजसेवी तथा अग्रज अभिभावक ईन्दीरा पोखरेलले शुभारम्भ गरिन् । बुटवलको औद्योगिक क्षेत्रमा ४ कट्ठा जग्गामा आफ्नो उत्पादन गर्दै आएको कम्पनीले हालसम्म ३ करोड बढी लागतमा उद्योग सञ्चालन गरिरहेको सञ्चालक कल्पना सिवाकोटी पोखरेलले जानकारी गराइन् ।

३ जना महिला उद्यमीहरु मिलेर घर, कार्यालय, भवन तथा अन्य सबै प्रकारका डेकोरेसन, डिजाईन, फर्निचर र फर्निसिङ्ग सम्बन्धी काम गर्ने गरी उद्योग स्थापना गरिएको हो । कम्पनीका सिईयो ईन्जीनीयर आशिष पोखरेलका अनुसार उक्त कम्पनीले घर, भवन, कार्यालय वा कुनै पनि डेकोरेसन, डिजाईन, फर्निचर र फनिसिङ्गको काम गर्दै आएको छ । बुटवलमा खासगरी आधुनिक स्तरको किचन, बेड रुम, लिभिङ्ग रुम तथा सबै प्रकृतिको फर्निचर र फर्निसिङ्गको सेवा प्रदान गरिने कम्पनीका अध्यक्ष कल्पना सिवाकोटी पोखरेलले जानकारी दिईन । उद्योग र शोरुममा गरि हाल २६ जनाले प्रत्यक्ष रुपमा रोजगार प्राप्त गरेका छन् । उक्त कम्पनीले उत्पादन गर्ने सामानहरुमा कच्चा पदार्थको रुपमा प्लाई नेपाली र अन्य कपडाहरु भारतीय प्रयोग गरिएको छ । चाईनीज समानहरु कुनै पनि प्रयोग नगरिएको कम्पनीको दाबी छ ।

महिला उद्यमीहरुले खोलेको कम्पनी भएको कारण यसबाट आएको आम्दानीको केही प्रतिशत रकम महिला उद्यमीहरुको तालिमको लागि विनियोजन गरिने भएको छ । ईन्टेरियर डिजाईन कोर्ष समेत पुरा गरेकी सृजना गहतराजले ग्राहकहरुको योजना अनुसारको डिजाईन, डेकोरेसन लगायतका सबै काम गरिने जानकारी दिईन । ‘हामीले ग्राहकलाई सबै सामान किन्नु पर्छ भन्ने सिकाउँदैनौ, कुन सामान कहाँ राख्दा ठिक हुन्छ सोही अनुसार डिजाइन् र डेकोरका लागि जानकारी गराउने काम गर्दछौ ।’-गहतराजले अगाडी भनिन् ‘बजारमा ग्राहकले सबै सामान किनिदियोस भन्ने मान्यता पाइन्छ । हामीले त्यस्तो मान्यता राखेका छैनौ । उहाँहरुका लागि के सामान उपयुक्त हुन्छ, सोही अनुसार डिजाइन् र सल्लाह दिने गर्दछौ ।’ अर्की सञ्चालक मिना पोखरेलले कम्पनीले महिलाहरुको सशक्तिकरणका लागि स्थानीय निकाय तथा प्रदेश सरकारसँग पहल गर्ने जानकारी गराइन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई