१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

तिलोत्तमा । सत्यवती भलिबल क्लब,नवलपरासी प्रथम लाङ्गघाली कप पुरुप भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ । लाङ्गघाली युवा परिवार तिलोत्तमा-८ द्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा लेखानी बाग्लुङलाई ३-२ को सेटमा पराजित गर्दै सत्यवती च्याम्पियन बनेको हो । प्रतियोगिताको उपाधि जितेको सत्यवतीले नगद ५१ हजार १ सय ५१ सहीत कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको लेखानी लेखानी बाग्लुङले नगद ३१ हजार १ सय ११ मा चित्त बुझायो ।

प्रतियोगिताको पहिलो सेटमा पराजय भोगेको बाग्लुङले दोस्रो र तेस्रो सेटमा लगातार जीत निकालेको थियो । चौथो र पाचौँ सेटमा सत्यवतीले जीत निकालेपछि लेखानीले उपबिजेतामा चित्त बुझाएको हो । प्रतियोगितामा तृतिय बनेको कुँवरवर्ती ईङ्गलिस बोडिङ्ग स्कुलले नगद २२ हजार १ सय ११ प्राप्त गरेको छ । सान्त्वना स्थान हात पारेको मणिमुकुन्द भलिबल क्लवले ११ हजार १ सय ११ प्राप्त गरेको खेल संयोजक नरेन्द्र कुमार शारुले जानकारी दिए । लाङ्गघाली युवा परिवारका अध्यक्ष अम्मर बहादुर गाहाको अध्यक्षता, तिलोत्तमा नगरपालिका शिक्षा, युवा तथा खेलकुद समिति प्रमुख गंगारामा आचार्यको प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रमको संचालन सांस्कृतिक संयोजक खिम रेग्मी मगरले गरेकथिए ।

स्थानीय ज्याेती निमाविका प्रधानाध्ययापक दिल बहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रममा स्थानीय राजनितिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका ब्यक्तिहरुको उपस्थिती रहेको थियो । प्रतियोगितामा बिभिन्न जिल्लाका २० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले गत फाल्गुण २४ गते गरेका थिए । ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई