७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बुटवल । यसपाली रङ्गहरुको पर्व फागु पूर्णिमा बजारमा कम चहलपहल, सुनसान र पारिवारीक रुपमा घर भित्रै मनाएर गएको छ । केही बालबालीका तथा युवा युवतीहरु फाट्टफुट्ट सडकमा रङ्गीएको देखिए पनि सडक सुनसान, बजारमा कम चहलपहल मात्र होइन सामाजिक सञ्जाल समेत कमै रङ्गीएको देखियो । सामाजिक सञ्जाल फेसबूकमा समेत पुराना तस्विर पोष्ट गरेर रङ्गभन्दा बढी कोरोना भाइरस सम्झनेहरुको संख्या बढी देखियो । कतिपयले घरभित्रै पारिवारिक रुपमा मनाइएको होलीका तस्विर बाहेक खासै रङ्गीन नसकेको सामाजिक सञ्जालले समेत यो वर्ष होलीको रौनकमा कमी आएको प्रष्ट्याएको छ ।

Advertisement

हरेक वर्ष होली पूर्णीमाको अवसरमा शुभकामना आदानप्रदान लगायतका विशेष कार्यक्रमको आयोजना गर्ने रुपन्देही उद्योग संघले समेत यस वर्षको कामर्यक्रम स्थगित गरेको छ । यसैगरी सबै उद्योगी सदस्यहरुले घरभित्रै बसेर होली पर्व मनाएको संघका अध्यक्ष बाबुराम बोहोराले बताए । सामान्य टिका मात्रै लगाएर यो वर्षको होली पर्व घर भित्रै मनाएको बताउँदै उनले यो वर्ष रङ्गले भरिएको तस्विर समेत नभएको उल्लेख गरे । बुटवल उद्योग वाणिज्य संघका सदस्यहरुले पनि घर भित्रै होली मनाएको बताउछन् । संघका अध्यक्ष खिमबहादुर हमालले त टिका समेत नलगाएको बताउँदै होली पर्व कोरोनाका कारण घर बाहिर निस्कन नसकेको उल्लेख गरे । संघले हरेक वर्षमा आयोजना गर्दै आएको होली विशेष कार्यक्रम समेत स्थगित गरेको थियो ।

यसैगरी नेपाल पत्रकार महासंघकी उपाध्यक्ष निरु गौतमले पनि घरमा सामान्य टिका लगाउने बाहेक होलीमा खासै रङ्गिन नपाएको उल्लेख गरिन् । विश्वमा फैलिएको कोरोना संक्रमणका कारण हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरी साथीभाईसँग सामान्य भेटघाट बाहेक विगत वर्षमा जस्तो विशेष नभएको उनले बताईन् । महासंघले होलीका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रम समेत कोरोनाका कारण स्थगित गरेको थियो । कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको थियो । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउछन् ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली फागु खेल्ने परम्परा चलेको मानिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिजो हिमाली एवं पहाडी जिल्लामा मनाइएको थियो भने मँगलबार आज तराईका जिल्लाहरुमा मनाइएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने