१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले आइतबार दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । संक्रमण हुनेको संख्या विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ८२७ व्यक्तिको मृत्यु भएको छ ।

Advertisement

डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको बिषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण शनिबारसम्म एशियामा तीन हजार १६२ जनाको मृत्यु भएको छ । त्यस्तै यूरोपमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ हजार ६६५ रहेको छ भने २६३ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा छ हजार १५८ सङ्क्रमित व्यक्ति रहेका छने भने १४९ को मृत्यु भएको छ । अमेरिका र क्यानडामा गरी कूल २७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

चीनमा नयाँ सङ्क्रमण र मृत्युदर घट्ने क्रम जारी

सबैभन्दा पहिले कोभिड–१९ को सङ्क्रमण भएको भनिएको मुख्यभूमि चीनमा डिसेम्बरदेखि शनिबारसम्ममा ८० हजार ६९५ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ भने यसबाट सो अवधिमा यहाँ तीन हजार ९७ जनाको मृत्यु भएको छ । शनिबार साँझ ५ बजेपछि करिब १८ घण्टाको अवधिमा चीनमा थप सङ्क्रमितको सङ्ख्या ४४ रहेको छ भने यही समयमा कोरोना सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । चीनमा करिब २० दिन पहिले सङ्क्रमणका कारण एकै दिनमा दुईसय भन्दा बढीको मृत्यु हुने गरेको थियो ।

अहिलेसम्म चीनबाहिर सङ्क्रमितको सङ्ख्या २५ हजार १४१ रहेको छ भने ४९८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण चीनपछि सबैभन्दा बढी प्रभावित पाँच मुलुकहरूमा क्रमशः दक्षिण कोरिया, इटली, इरान, फ्रान्स र जर्मनी रहेका छन् । दक्षिण कोरियामा सात हजार ३१३ सङ्क्रमित रहेका छन् भने ५० जनाको मृत्यु भएको छ । इटलीमा पाँच हजार ८८३ सङ्क्रमित भएका छन् भने ३६० को मृत्यु भएको छ । इरानमा पाँच हजार ८२३ जनामा सङ्क्रमण पुष्टि भएकोमा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै जापानमा शनिबारसम्म फ्रान्समा ९४९ सङ्क्रमितमध्ये १६ जनाको मृत्यु भएको छ । जर्मनीमा फेब्रुअरीको अन्तिम दिनसम्म ६६ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या त्यसपछिको एक हप्ताको अन्तरालमा ६८४ पुगेको छ भने जापानमा विदेशी एक पानी जहाजमा सङ्क्रमण भेटिएका यात्रुबाहेक कूल ४३८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

दक्षिण कोरियामा मृत्यु सङ्ख्या नियन्त्रणमा

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण विगत २४ घण्टामा थप २७२ व्यक्तिमा पुष्टि भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । यससँगै दक्षिण कोरियामा यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात हजार ३१३ पुगेको छ । विगत एक सातालाई मुल्याङ्कन गर्दा कोरियामा नयाँ सङ्क्रमणदरमा निकै कमी देखिएको उल्लेख छ । यहाँ गत साताको मध्यतिर सङ्क्रमण दर दैनिक ५०० भन्दा बढी रहेको थियो ।

कोभिड–१९ पनि भनिने यो भाइरसका कारण उक्त समयमा कसैको पनि मृत्यु नभएको दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार कोभिड–१९ सङ्क्रमणका कारण देशभर ३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वव्यापी चिन्ताको बिषय बनेको यस भाइरसको सङ्क्रमणका कारण भएको मृत्यु दर ०.७ रहेको छ । दक्षिण कोरियाको डेगु सहर र उत्तरी ग्योङसाङ प्रान्तमा मात्र सात हजार १०३ व्यक्तिमा सङ्क्रमण भेटिएको छ । यो दक्षिण कोरियामा सङ्क्रमितमध्ये ९० प्रतिशतभन्दा बढी व्यक्ति यिनै दुई स्थानका व्यक्तिहरू रहेका छन् । राजधानी सियोल र ग्योङ्गी प्रान्तमा क्रमशः १२० र १४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । दक्षिण कोरियाले देशलाई कोरोनाभाइरस सङ्क्रमणका कारण देशभर स्वास्थ्य आपत्कालको घोषणा गरी नियन्त्रण प्रयास गरिरहेको छ ।

करिब २५ लाख जनसङ्ख्या रहेको डेगुलाई दक्षिण कोरियामा भाइरस सङ्क्रमणको उद्गमस्थल मानिएको छ भने सरकारले यस क्षेत्रलाई सङ्क्रमण खतराका दृष्टिकोणले ‘विशेष क्षेत्र’ घोषणा गरी नियन्त्रण अभियानमा जुटेको छ । डेगुमा रहेको धार्मिक अल्पसङ्ख्यक समुदाय सिन्चोन्जीबाट चर्चमा प्रार्थनाका लागि पुगेका व्यक्तिबाट यो सङ्क्रमण फैलिएको विश्वास गरिएको छ । दक्षिण कोरियामा सङ्क्रमितमध्ये ७९.४ प्रतिशत व्यक्तिमा सामुहिकरूपमा सङ्क्रमण भेटिएको र यसको ६२.८ अर्थात् चार हजार ४८२ सङ्क्रमित व्यक्ति सिन्चोन्जी समुदायका रहेको कोरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरियामा जनवरी ३ देखि सङ्क्रमण परीक्षण सुरू गरिएको र मार्च ७ सम्ममा एक लाख ८८ हजारमा सङ्क्रमण जाँच भएको र यसमध्ये एक लाख ६२ हजार व्यक्तिमा सङ्क्रमण देखिएको छैन । बाँकी १९ हजारमध्ये सात हजार ३१३ मा सङ्क्रमण पुष्टि भएको छ भने केहीको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई