Mar 30, 2023
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आइतबारदेखि नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले ओलीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखा परेको जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँडडुल गराउन र सन्तुलित आहार दिन थालिएको उल्लेख गरे । उनको भाइटल तथा ल्याब सामान्य रहेको जनाइएको छ । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने उनकी भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो हुँदै गएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीमो पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रतिकृया दिनुहोस्