७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाण्डौं । परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्मचार्यलाई प्रहरीले पक्राउ गरेको छ । परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चिरेर यातना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्‍वरले शिक्षिका कर्मचार्यलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले आरोपित शिक्षिकालाई शनिबार बिहान उनको घरबाटै पक्राउ गरिएको बताए।

Advertisement

उक्त एकेडेमीले शिक्षिका कर्मचार्यलाई बर्खास्त गरिसकेको छ। प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको विज्ञप्ति निकालेका छन् । बर्खास्तमा परेकी शिक्षिका सामाजिक विषय पढाउँथिन्। भक्तपुर घर भएकी उनी विगत १० वर्षदेखिसोस्कुलमा अध्यायपनरत थिइन्।जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरेर कर्मचार्य विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने एसएसपी सुवेदीले बताए।

परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी थिइन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् । १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर  सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए । निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए । 

पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात काट्न लगाएकी हुन् । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ ।  जडीबुटी बस्ने कक्षा ६ का विद्यार्थी सविन तामाङले ५ नम्बर मात्रै ल्याएका थिए । उनको देब्रे नाडी २० ठाउँमा चिरिएको छ । आलो घाउ देखाउँदै सविनले भने, ‘कम नम्बर ल्याउनेले धेरै काट्न भनेर मिसले भन्नुभएको थियो । नभए आफैँले काटिदिने चेतावनी दिनुभएको थियो । परीक्षामा मेरो कम नम्बर आयो, त्यसैले डराइडराई धेरै काटेँ ।’ सविनकै सहपाठी अरुण तामाङले पनि ५ नम्बर नै ल्याएका थिए । अरुणको १६ ठाउँमा काटिएको छ । ९.५ अंक ल्याएका कक्षा ६ कै अमृत गौतमको उनीहरूको भन्दा केही कम चिरिएको छ । सबैभन्दा कम सोही कक्षाका सार्थक श्रेष्ठको एक ठाउँमा मात्रै चिरिएको छ । उनले १४.५ नम्बर ल्याएका थिए । एकेडेमीका प्रधानाध्यापक राजनकुमार श्रेष्ठका छोरा आर्यको हातमा पनि एकपटक चिरिएको छ । ६ कक्षामा अध्ययनरत उनको १३.५ नम्बर आएको थियो । ‘मेरो माक्स अरूको भन्दा अलि धेरै आयो । त्यसैले एक ठाउँमा मात्रै काटियो,’ उनले भने । 

शिक्षिका कर्माचार्यले बालबालिकालाई हात चिर्न लगाएपछि घाउमा नुनखुर्सानीसमेत दल्न भन्दै फोन गरेको अभिभावकको आरोप छ । कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीले भनिन्, ‘म्यामले फोन गर्नुभएको थियो । नम्बर कम ल्याएकाले मैले छोरीको हात काट्न लगाएको छु । उनलाई नुनखुर्सानी लगाउने हो । छोरीलाई त्यही भन्नुहोला ।’

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने