१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौँ । कोरोना भाइरसबाट बच्न माक्सको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख, आँखा नछुने रहेको छ । साथै कुहिनामा वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न पनि सुझाव दिइएको छ । भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ । यसले अरूलाई रोग सर्नबाट बचाउँछ ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठन तथा चिकित्सकका अनुसार यो भाइरसबाट बच्न ह्यान्ड स्यानिटाइज तथा स्प्रिट कपासले प्रत्येक घण्टा हात सफा गर्ने, खाना खानुभन्दा अगाडि घटीमा २० सेकेन्ड साबुनपानीले हात धुने तथा सफा टाबेलले मात्र हात पुछ्नुपर्ने सुझाव दिइएको छ । हालसम्म कोरानाबाट ८९ देशलाई आक्रान्त पारिसकेको छ । तीन हजार ३८६ ले ज्यान गुमाएका छन् । ९८ हजार ४२२ जना सङ्क्रमति छन् । यीमध्ये ५५ हजार ६३४ जना उपचारपछि घर फर्केका छन् । उपचार भइरहेका मध्ये ३३ हजार १३० जनाको अवस्था मध्यम छ । छ हजार २७२ को अवस्था गम्भीर छ ।

भाइरस कति समय बाँच्छ ?

मानिसको हातमा रहँदा यो भाइरस १० मिनेट बाँच्न सक्छ । त्यसैले जोगिनका लागि हात धोइरहनुपर्छ । यो २६–२७ डिग्री तापक्रममा त बाँच्नै सक्दैन भनिएको छ । तातोपानी पिउनु र घाम ताप्नु अर्को राम्रो उपाय युनिसेफले सुझाएको छ ।

चिसो आइसक्रिम, कोल्ड ड्रिङ्क्सबाट टाढा रहन भनिएको छ । यदि कसैलाई टन्सिल भएको छ भने कोरोनाको जोखिम बढी हुन्छ । त्यसैले नुनपानीले कुल्ला गर्नुपर्छ । जसले टन्सिलसँगै कोरोना भाइरसलाई फोक्सोमा पुग्नबाट बचाउँछ । विश्व स्वास्थ्य सङ्गठन र चीनले संयुक्त मिसनका रूपमा जारी गरेको प्रतिवेदनमा प्रभावित देश, अन्तर्राष्ट्रिय समुदाय र आम जनताका लागि २२ वटा उपाय सिफारिस अवलम्बन गर्न भनिएको छ । जसमा कोरोना बारेको शिक्षा, बचाउको उपाय, प्रचारप्रसार तथा सङ्क्रमितको खोजी गनेर अलग्गै राखेर उपचार गर्ने, अभिलेख राख्नेलगायत उल्लेख छ ।
कोरोना भाइरसको सङ्क्रमण हुँदा प्रायः ज्वरो आउने र सुख्खा खोकी लाग्छ । केही हप्तापछि सास फेर्न गाह्रो हुँदै जान्छ । कतिपयमा भने यस्ता लक्षण नदेखिन सक्छ । केहीमा रुघाखोकी जस्तो लक्षण पनि देखिएका छन् । त्यसैले ब्यापार बढाउनकै लागि औषधालयलाई प्रभावित गर्न नहुने युनिसेफले जनाएको छ ।

फलाममा कोरोनाको आयु बढी

कोरोना भाइरस हावामा स्थिर रहन सक्दैन, त्यसैले हावाबाट सर्दैन, जब यो भाइरस फलामे सतहमा पर्छ त्यो १२ घण्टासम्म बाँच्न सक्छ, जब कपडामा पर्छ नौ घण्टा मात्र बाँच्न सक्छ, युनिसेफले भनेको छ । त्यसैले पनि साबुनपानीले हात धुनु नै उत्तम उपाय हो ।

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै