७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गर्भवतीसँग नगर उप-प्रमुख कार्यक्रम सुरु गरेको छ । गर्भवती आमा र शिशुको स्वास्थ्यलाई प्रवर्द्धन गर्न यो कार्यक्रम सुरु गरिएको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिईन् । कार्यक्रमले गर्भवती महिलाको आत्मविश्वास बढाउँदै गर्भावस्थामा ध्यान पु¥याउनुपर्ने कुराको बारे चेतना फैलाउने नगरपालिकाले जनाएको छ ।

Advertisement

शुक्रबार वडा नं. १७ को गंगोलिया स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा गर्भवती महिलालाई पौष्टिक आहार र क्यालसियम चक्की वितरण गरी गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम सुरु गरिएको हो । नगरपालिकाले यसअघि नै गर्भवतीका लागि चाहिने क्यालसियम निःशुल्क दिने निर्णय गरेको थियो । एक जना महिलाका लागि गर्भधारण गरेको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्यालसियम चाहिने स्वास्थ्यकर्मीहरु बताउँछन् । नगरबासीको स्वास्थ्यमा सुधार ल्याउँदै औसत आयु बढाउन नगरपालिकाको आन्तरिक स्रोतबाट निःशुल्क क्यालसियम र पौष्टिक आहार प्रदान गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । उनले पोषणमा सबैको पहुँच पुर्याउन यो कार्यक्रमले चेतना अभिवृद्धि गराउने विश्वास व्यक्त गरे । भौतिक निर्माण मात्र विकास होइन महिला र शिशुको स्वास्थ्य सुधार गर्नुपनि विकास हो भन्ने मान्यताका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै उप–प्रमुख चौधरीले कार्यक्रमबाट लाभलिन सम्पूर्ण गर्भवतीलाई आग्रह गरिन् ।

गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनेलाई पौष्टिक आहार दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेलले बताए । उनले गर्भवती महिलाले अरुबेलाको तुलनामा पोषिलो खानेकुरा बढी खानुपर्छ भन्ने सन्देश दिनका लागि पौष्टिक आहार वितरण गरिएको बताए । पौष्टिक आहारमा घिऊ, चना, मसुरो, नरिवल, छोडा, आयोनुन, ज्वानो, साबुन राखिएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले तिलोत्तमाले सुरु गरेका सुत्केरीलाई थप प्रोत्साहन भत्ता, निःशुल्क क्यालसियम, पौष्टिक आहार वितरण जस्ता कार्यक्रमले मातृशिशु मृत्युदर कम गराउने बताए । यस्ता कार्यक्रमले गर्भावस्थामा चारै पटक गर्भ जाँच गर्नेको संख्यामा वृद्धि हुने उनको भनाई छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, वडा नं. १७ का वडाध्यक्ष दानबहादुर चौधरी, सिनियर अहेव अधिकृत गणेश गौतम लगाएतले मन्तव्य राखेका थिए । अहिले तिलोत्तमामा घरमै सुत्केरी गराउनेको संख्या शुन्य रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने