Mar 29, 2023
काठमाडौं । एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट अन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल रद्द भएको छ । थाइल्याण्डमा हुने भनिएको खेल वर्षाले प्रभावित भएपछि खेल नै रद्द भएको हो ।
बिहान सवा ८ बजेदेखि सुरु हुनुपर्ने खेल पानी परेर मैदान खेल्न योग्य नभएपछि टस नै नभइ अन्तिममा खेल नै रद्द गरियो । खेल रद्द भएसँगै दुवै टिमले एक-एक अङ्क पाएका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थनमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।
तालिकाको शीर्ष दुई टिमले एसिया कप छनोटका लागि स्थान बनाउने छन् । यो खेल नेपालका लागि प्रतिष्ठाका लागि भए पनि खेल नै स्थगित भएपछि नेपाल तीन अङ्क लिएर घर फर्किएको छ ।
प्रतिकृया दिनुहोस्