७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

सामान्य रुपमा कुनै पनि व्यक्तिको ब्लडप्रेसर १२०/८० को स्तरमा हुनुलाई ठिक मानिन्छ । यसमा थोरै घटबढलाई पनि सामान्य मान्न सकिन्छ तर, यदी यसको स्तर ९०/६० वा यसभन्दा पनि कम छ भने यसलाई निम्न रक्तचाप वा लो ब्लडप्रेसर भएको मानिन्छ ।

Advertisement

यसका प्रमुख कारण र लक्षण निम्न छन्

१. रगतको कमी– धेरै पटक शरीरमा रगतको कमी निम्न रक्तचापको कारण बन्न सक्छ । कुनै ठूलो चोटपटक लागेमा या आन्तरिक रक्त श्रावको कारणले शरिरमा अचानक रगतको कमी हुन्छ जसले ब्लडप्रेसर लो हुन्छ ।

२. कमजोरी वा पोषणको कमी– पोषणको कमी र कमजोरी पनि निम्न रक्तचापको एक प्रमुख कारण हो । जरुरी पोषक तत्व कमी हुनाले शरिरमा पर्याप्त मात्रामा रेड ब्लड सेल बन्न पाँउदैन जसले निम्न रक्तचाप हुन जान्छ ।

३. मुटु रोग– मुटुसँग सम्बन्धित कुनै पनि प्रकारको समस्या वा रोग भएमा पनि निम्न रक्तचाप हुन्छ ।

४. पानीको कमी– शरिरमा पानीको कमीले पनि तपाई धेरै पटक कमजोरी महसुस गर्नुहुन्छ । पानीको कमीबाट ब्लडप्रेसर लो मात्रै होइन स्वास्थसँग सम्बन्धित अन्य समस्याहरु पनि हुन्छन् जसमा ज्वरो, वान्ता हुनु, डायरिया आदि पर्छन् ।

५. गर्भावस्था– महिलाहरुमा गर्भावस्थाको समयमा निम्न रक्तचापको समस्या हुन सक्छ किनभने यो समयमा सर्कुलेटरी सिस्टम तिव्रताको साथ बढ्छ र निम्न रक्तचाप हुन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने