१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

सामान्यतयाः आममानिसहरुले हार्ई आउँदा निन्द्रा लागेको रुपमा बुझ्ने गर्छन् । तर, कहिलेकाहीँ अलि बढी नै हार्ई आउने समस्या हुन्छ। विशेषगरी गर्मी मौसममा मानिसले बढी हाई गरेको पाइन्छ।

Advertisement

यसरी बढी हार्ई आउँदा कुनै–कुनै स्थानमा अस्वाभाविक पनि देखिन्छ, जसले मानिसलाई लज्जास्पद गराउँछ ।

यी हुन् हाई आउनुका कारण –

हार्ई फिजियोलोजिकल मेकानिजम हो । हार्ई आएको अवस्थामा त्यसलाई रोक्नु भने हुँदैन। मज्जाले नै गर्नुपर्छ ।

हार्ई हाम्रो मस्तिष्कको तापक्रमलाई नियन्त्रणमा राख्ने प्रक्रिया भएको पनि विभिन्न अनुसन्धानले देखाएका छन् । हार्ई गर्दा मस्तिष्कको तापक्रम घटाउने मात्र होइन, अनुहारका मांसपेशी पनि तन्काइदिन्छ ।

अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित एक अनुसन्धानले भने हाई काढ्दा शरीरमा कमी भएको अक्सिजनलाई पनि पूर्ति गर्छ।

हार्ईले मस्तिष्कलाई ऊर्जावान् पनि बनाउँछ । मस्तिष्कमा थकान बढी भएमा हार्ई काढ्ने समस्या सिर्जना हुन्छ ।

थकाइका कारण पनि हाई आउने हुन्छ । मान्छे सुत्यो तर गहिरो निद्रामा परेन भने पनि हाई दोहोरिरहन्छ ।

शरीरमा ग्लुकोजको मात्रा कमी वा बढी भएको अवस्थामा हाई आउने गर्छ। विशेषगरी ग्लुकोजको मात्रा बढी भएमा हाई आउने गर्छ।

किनभने, ग्लुकोजको मात्रा बढी भएमा आन्द्रा र पेटवरिपरि बढी रक्तसञ्चार हुन्छ । तर, मस्तिष्कमा भने कम हुन्छ। त्यसैले हार्ई आउने समस्या हुन्छ ।

अपचको समस्या भएमा पनि बढी मात्रामा हाई आउने गर्छ । मानिस थाकेको वा मन नपरेको ठाउँमा बस्दा, कुरा सुनिरहँदा हाई आउने गर्छ ।

यसलाई टेक्निकल भाषामा हाइपोथेनिया पनि भनिन्छ । शरीरमा मस्तिष्क शिथिल भएको अवस्थामा बढी हाई आउँछ। चनाखो भएको अवस्थामा भने यसरी हार्ई दोहोरिँदैन।

शरीरमा पानीको कमी हुँदा पनि हाई आउने समस्या हुन्छ । बढी हाई आउने समस्या भएमा शरीरलाई आराम नपुगेको भनी बुझ्नुपर्छ । -खबरहब

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई