१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौं । तालिबानी लडाकू समूहले अफगानिस्तानको दुई ओटा प्रान्तमा गरेको आक्रमणमा परी कम्तीमा १९ अफगान सैनिक मारिएका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

Advertisement

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन् । प्रान्तीय राजधानी कुन्दुज शहर बाहिर इलाकमा उत्तरी क्षेत्रमा रहेको बाघ इ सिर्कातमा रहेको र्सैनिक शिवीरमा सो आतङ्ककारी आक्रमण भएको प्रान्तीय परिषदका सदस्य फावजिया जवादले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । यद्यपी जवादका अनुसार मध्यरातबाट शुरु भएको यस आक्रमण र त्यसपछि भएको दोहोेरो झडपमा परी तालिबान आतङ्ककारी समूहका कैयौ सदस्य मारिएका छन् । कुन्दुज शहरकै पूर्वी भागमा पर्ने इलाकामा तालिबानी लडाकू समूहले गरेको अर्को छुट्टै आक्रमणमा परी चार जना स्थानीय प्रहरी मारिएका छन् । सो आक्रमण त्यसपछिको झडपका परी तालिबानी लडाकूका तीन सदस्य पनि मारिएका स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

कुन्दुज प्रान्तको छिमेकमा पर्ने बाल्ख प्रान्तमा तालिबान लडाकूको आक्रमणमा परी अफगान स्थानीय प्रहरीका तीन सदस्य मारिएका छन् । बाल्ख प्रान्तको बाल्ख जिल्लाको समार्कानयान गाउँमा सो आक्रमण भएको थियो । संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिबान समूहबीच गत शनिबार अर्थात फेब्रुअरी २९ का दिनमा कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिबानी समूहका नेता बतारको राजधानीमा पुगेका थिए । सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रद्वारा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ ।

सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ आठ हजार ६०० सैनिकलाई आगामी १३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महिनाभित्र फिर्ता गर्नेछ,” विज्ञप्तिमा भनिएको छ । सम्झौताअनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ । दोहा सम्झौताले विगत १८ वर्षदेखि अफगानिस्तानमा तैनाथ भइ लड्दै आएका हजारौँ अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ ।

अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिवान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ । रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग