७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

बुटवल जेसिज परिवार अहिले काउन्सेलर एकेडेमीको तयारीमा जुटेको छ । यहि फागुन २३ र २४ गते नेपाल जेसिजको आयोजना तथा बुटवल जेसिजको आतिथ्यतामा सम्पन्न हुन लागेको एकेडेमीलाई भव्यरुपमा सम्पन्न गर्न बुटवल जेसिजका अध्यक्ष राजिव गौतमको नेतृत्वमा तयारी अगाडि बढिरहेको हो । सन् १९७४ मा स्थापित बुटवल जेसिजले लामो समय पछि आतिथ्यता गरेको यो राष्ट्रिय कार्यक्रमलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यो कार्यक्रममा देशभरका जेसिज शाखा अध्यक्ष तथा नेपाल जेसिज वर्ष- २०२० का राष्ट्रिय पदाधिकारीहरुको सहभागिता हुँदैछ । यसै सन्दर्भमा रहेर बुटवल जेसिज वर्ष- २०२० का अध्यक्ष जेसी राजिव गौतमसँग गरिएको कुराकानी :

Advertisement

काउन्सेलर एकेडेमी- २०२० को तयारी कसरी अगाडि बढेको छ ?
– नेपाल जेसिजको मातहतमा रहेका १५६ शाखाका शाखा अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न हुने यो एकेडेमी सम्पन्न गर्न बुटवल जेसिजले अत्यन्त संवेदनशिल भएर लागेको छ । बुटवल जेसिज लामो इतिहास बोकेको नेपाल जेसिजको पुरानो शाखा हो । बुटवल जेसिजले सम्पन्न गरेका राष्ट्रिय महाधिवेशन तथा क्षेत्रिय सम्मेलन अहिले पनि चर्चा हुने गर्दछ । त्यो सफलता र चर्चाको पछाडि हाम्रा अग्रज बुटवल जेसिजका पूूर्व अध्यक्षहरुको ठूूलो योगदान रहेको म ठान्दछु । यसकारण पूूर्व अध्यक्षहरुको अनुभव र नयाँ पुस्ताको सक्रियतालाई संयोजन गरि यो कार्यक्रम सम्पन्न गर्ने तयारीमा जुटेका छौं । विशेष गरि विभिन्न समितिहरु गठन गरि कार्य विभाजन गरिएको छ । ती समितिहरु अहिले तिव्र गतिमा आफ्नो जिम्मेवारी पूूरा गर्न लागि परेका छन् ।

पूर्व मेचिदेखि पश्चिम महाकालीबाट आउने शाखा अध्यक्षहरुको बसाई र अन्य कुराको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
– देशका विभिन्न ठाँउबाट आउनुहुने शाखा अध्यक्षहरुको आरामदायी बसोवासको लागि स्तरिय होटलको व्यवस्था गरेका छौं । हाम्रो कार्यक्रम तिलोत्तमा नगरपालिका योगीकुटीमा रहेको होटल पौवामा सञ्चालन हुने छ । तालिम सञ्चालन हुने उक्त होटलमा र त्यसको नजिकै रहेको होटलमा दुई दिनसम्म आरादायी बसाइँको लागि ब्यवस्था गरेका छौं । यो अविश्मरणीय बसाई हुने छ भन्ने कुरामा म पुर्ण विश्वस्त छु । कार्यक्रम सहभागि हुने महानुभावहरुलाई स्वागत गर्न हाम्रो बेग्लै युनिट रहेको छ । क्षेत्रगतरुपमा शाखा अध्यक्षज्यूहरुसँग संयोजन गर्न बुटवल जेसिजका युवाहरुलाई जिम्मेवारी दिइएको छ र म आफै पनि शाखा अध्यक्षज्यूहरुसँग सम्पर्कमा रहेर निमन्त्रणा गरेको छु ।

बुटवल जेसिजले लामो समयपछि तपाइँको कार्यकालमा नेपाल जेसिजको राष्ट्रिय कार्यक्रम आतिथ्यता गरेको छ । यसलाई कत्तिको चूनौतीको रुपमा लिनु भएको छ ?
– यो कार्यक्रमलाई चुनौतीभन्दा पनि मैले, मेरो टिम र बुटवल जेसिज परिवारले अवसरको रुपमा लिएको छु । पाका र पुराना पूूर्व अध्यक्षहरुको मार्गदर्शन अनि बुटवल जेसिज वर्ष–२०२० का सल्लाहकारहरुको सल्लाह र जेसिज सदस्यहरुको साथको कारण हामीले यो कार्यक्रम ऐतहासिक रुपमा सम्पन्न गर्दैछौं । तर,पनि हामीलाई केही चुनौती अवश्य पनि छन जस्तो अहिले कोरोना भाइरसको चर्चा चुलिएको छ । यो कुरामा हामीले स्थानीय प्रशासन तथा स्वास्थ्य विशेषज्ञसँग पटक–पटक छलफल गरेका छौं । ति छलफलहरुबाट हल भित्र सिमित हुने कार्यक्रम अर्थात् प्रशिक्षण भएको कारणले हामीले सहज रुपमा सम्पन्न गर्न सक्ने निष्कर्ष निकालेका छौं र सम्बन्धित निकायबाट कार्यक्रम गर्नकोलागि स्विकृति पनि पाई सकेका छौं । यसकारण वर्ष–२०२० को महत्वपूर्ण कार्यक्रम काउन्सलेर एकेडेमीमा निर्धक्क भएर सहभागि हुनहुन म सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।

एकेडेमीका के-कस्ता गतिविधिहरु तथा विशेषताहरु रहेका छन् ?
–यो एकेडेमीमा नेपाल जेसिजका शाखा अध्यक्षहरुको लागि विशेष खालको प्रशिक्षण हुन्छ । नेपाल जेसिजका पूूर्व राष्ट्रिय अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठ प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको छ । नेपाल जेसिज नै यो कार्यक्रमको आयोजकको रुपमा रहेको हुदाँ निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष, निरुपित राष्ट्रिय उपाध्यक्ष तथा राष्ट्रिय पदाधिकारीहरु पनि यो एकेडेमीलाई नयाँपन दिन लागि पर्नु भएको छ । नेपाल जेसिज वर्ष–२०२० का राष्ट्रिय अध्यक्ष जेसी अशोक शंकरको राष्ट्रिय प्रकरण ‘Family, Friends, Future’ लाई सार्थक र परिणाममुखी बनाउन यो एकेडेमी सार्थक हुने कुरामा हामी विश्वस्त छौं । म यसै अनलाइन सञ्चारमार्फत सम्पूूर्ण शाखाका अध्यक्ष तथा राष्ट्रिय पदाधिकारीहरुलाई काउन्सेलर एकेडेमी- २०२० मा सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछु ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने