Mar 31, 2023
दाङ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको २ दिने बन्दका कारण दाङको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । गत पुस २२ गते सरकारसंग १४ बुदे माग राखी आफनो माग सम्बोधन गर्न १५ दिने अल्तिमेटमसहित ज्ञापन पत्र बुझाए पनि सरकारले आफुहरुको माग प्रति कुनै सुनुवाई नगरेको भन्दै आम हड्तालको घोषणा गरिएको जिल्ला संयोजक जनकुलाल चौधरीले बताए ।
त्यसैगरी उनले सांसद रेशम चौधरी लगाएतका ११ जना बन्दीहरुलाई विनाशर्त रिहा गर्नु पर्ने माग प्रमुख रुपमा अगाडि सारिएको समेत बताए । रिहाईका लागि सरकारलाई दबाब सिर्जना गर्न भन्दै फागुन २० र २१ गते तराईका जिल्लाहरु नवलपरासीदेखि कञ्चनपुरसम्म आमहड्तालको आह्वान गरिएको छ । मोर्चाका महासचिव तुलसी थारुले तीन दिन अगाडि प्रेस विज्ञप्ति जारी गर्दै दुईदिने आम हड्तालको आह्वान गर्नुपरेको उल्लेख गरेका छन् । बन्दका कारण दाङका बजार, कलकारखाना, उद्योगधन्दा, व्यापार, व्यवसाय , शिक्षण संस्था लगाएत सवारी साधनहरु पूर्ण रुपमा बन्द रहेका छन् ।
तर बन्दकर्ताहरुले अति आबश्यक सवारी साधन, शव वाहन, दुध बोक्ने गाडी, मानवअधिकारकर्मी, पत्रकार, पर्यटन र कुटनितिक नियोगका सवारी साधनलाई सञ्चालन हुन दिने बताएका छन् ।
प्रतिकृया दिनुहोस्