१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । चितवनमा निर्माणाधीन अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन बनेको नेपाली हास्य चलचित्र सेन्टि भाइरसको प्रमोशनका लागि कुञ्जना घिमिरे ‘सुन्तली’ र अर्जुन घिमिरे (पाडे) बुटवल आएका छन् । उत्साहजनक व्यापार गरिरहेको सेन्टिभाइरसका दर्शकलाई भेट्न बुटवल आएकी कुञ्जना घिमिरे (सुन्तली)ले सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकको उत्साहक जनक उपस्थिती र राम्रो प्रतिक्रिया पाएको बताइन् ।

Advertisement

‘२६ वर्षसम्म नेपाली चलचित्र नहेरेका दर्शकहरु पनि सेन्टिभाइरस हेर्न हलसम्म आएको घटना हामीले पायौं ।’–हर्षित मुद्रामा कुराकानी गर्दै कुञ्जनाले भनिन् ‘दर्शकहरुको मायाले हामीलाई उत्साहित बनाएको छ । रुपन्देही र यहाँका दर्शकको मायाले हामीलाई पनि यहाँसम्म ल्यायो ।’ धुर्मुस सुन्तली फाउण्डेशनको उपाध्यक्ष सुन्तलीले दर्शकहरुलाई एक पटक हलसम्म आएर सेन्टिभाइरस हेरिदिन आग्रह गरिन् । कलाकार सिताराम कट्टेल (धुर्मुस) ले रङ्गशाला निर्माणमा सबै नेपाली जुट्न र सहयोग गर्नका लागि आह्वान गरे । चलचित्र पत्रकार समाज रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा बोल्दै अर्का कलाकार अर्जुन घिमिरे (पाडे) ले धुर्मुस सुन्तली सामाजिक सेवामा भूलेर आफ्नो मूख्य पेशा कलाकारीतालाई छोडेका छैनन् भन्नका लागि पनि सेन्टिभाइरसबाट प्रदामा आएको उल्लेख गरे । कलाकारीतालाई निरन्तरता दिँदै सामाजिक सेवामा लागेका धुर्मुस सुन्तलीले बनाउँदै गरेको अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि फ्लिमबाट फाइदाको ५० प्रतिशत खर्च गरिने समेत उनले जानकारी गराएका छन् ।

समाजका अध्यक्ष सुमन श्रेष्ठ सेन्टिभाइरसको रकम रङ्गशाला निर्माणमा खर्च हुनेहुँदा सहयोगका लागि पनि चलचित्र हेरीदिन रुपन्देहीबासीलाई आग्रह गरेका छन् । यस्तै सचिव मोहन न्यौपानेले चलचित्रको सफलताको कामना गर्दै सामाजिक अभियान्ता धुर्मुस सुन्तलीको सेन्टिभाइरसलाई सबैले एक पटक हलसम्म गएर हेरिदिन आग्रह गरे । यसैबीच सेन्ट्रल कलेज बुटवलले एक सोका लागि बुटवल मिलनचोकमा अवस्थित मिलन हलनै बुक गरेर सेन्टिभाइरसलाई सहयोग गरेको छ ।

बुटवल ११ मिलनचोकमा शाखा कार्यालय रहेको कलेजका सञ्चालक वाई. बि. पौडेलले धुर्मुस सुन्तलीको सामाजिक अभियानलाई सहयोग गर्नका लागि हल बुकिङ गरिएको जानकारी गराए । यसैगरी बुटवलमै अवस्थित डिजिटल हल क्यू एफ एक्समा समे एक सोका लागि हल बुकिङ गरी यस क्षेत्रका कलाकार तथा आफ्ना विद्यार्थीहरुलाई सेन्टिभाइरस देखाइने उनले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन