बुटवल । राज्यमा देखा परेको आर्थिक संकटलाई सुधार गर्नका लागि लेखा परिक्षक (अडिटर्स) र चाटर एकाउन्टेन्टहरुले अभियान संचालन गर्न सरोकारवालाहरुले सुझाव दिएका छन ।
नेपाल अडिटर्स एशोसिएसन (अडान) रुपन्देहीको ७ औं जिल्ला अधिबेशनको समारोहमा वोल्नेहरुले आर्थिक क्षेत्रमा देशले वाटो विराएको प्रसंग उल्लेख गन्दै आर्थिक आचरणलाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा अडिटर्स र चाटर एकाउन्टेन्टहरु गम्भिर हुन जरुरी रहेको औल्याएका थिए ।
समाजमा व्यवसायी तथा वित्तिय अनुसासन कायम गराउने संस्था अडिटर्स र चाटर एकाउन्टेन्टहरु भएकाले व्यक्तिको आचरणलाई केन्द्रमा राखेर उनीहरुको आम्दानीलाई भेरी फिकेशन गर्न पनि सुझाईएको छ । कार्यक्रममा नेपाल अडिटर्स एशोसिएसनका केन्द्रिय अध्यक्ष केदार नाथ पौडेलले व्यवसायी र सरकारी कार्यालयवाट लेखा परिक्षक चेपुवामा परेको बताउदै दक्ष जनशक्ति अभावले गर्दा काममा समस्याहुने गरेको पीडा सुनाए ।
उनले अडिटर्स र चाटर एकाउन्टेन्टहरुले निकै चुनौतीमोलेर कामगरिरहेको र कती वेलाहतकडी लाग्ने हो भन्ने चिन्तामाकामगर्न वाध्यहुनु परेको गुनासो गरे । विसं २०५९ देखि बन्द रहेको अडिटर्सको लाईसेन आवेदनन खुलाउदा बजारमा कामदारको कठिनायी भएको बताए ।
नेपाल अडिटर्स एशोसिएसन केन्द्रिय सल्लाहकार संयोजक मोहन राज रेग्मीले पेशालाई मर्यादित बनाउन अडान लागि परेको जिकिर गरे । आन्तरिक राजस्वकार्यालय बुटवलका प्रमुख टिकाराम गैरे आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख प्रेमराज पोखरेलले करदातालाई ईमानदार बनाउने काममा अडिटर्सहरु गम्भिर हुन सुझाव दिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका महासचिव मुक्ति प्रसाद अधिकारी रुपन्देही उद्योग संघका उपाध्यक्ष हरि बहादुर खत्री, रुपन्देही व्यापार संघका उपाध्यक्ष दयाराम भण्डारीले मुलुकको असहज परिस्थितीको मुल्याकन गर्न कर प्रशासनलाई सुझाव दिए ।
कार्यक्रममा चाटर एकाउन्टेन्ट संघ बुटवलका अध्यक्षा कमल ज्ञवाली, संयोजक शिवहरी शर्माले समाजमा व्यवसायी तथा वित्तिय अनुसासन कायम गराउने संस्था अडिटर्स र चाटर एकाउन्टेन्टहरु भएकाले व्यक्तिको आचरणलाई केन्द्रमा राखेर उनिहरुको आम्दानीलाई भेरी फिकेशनगर्न पनि सुझाईएको छ ।
अडानका रुपन्देही अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अडान लुम्बिनी प्रदेशका अध्यक्ष ओम बहादुर मल्ल अडान रुपन्देहीका सचिव कृष्ण प्रसाद न्यौपाने लगायतले संघले गरेका कामको वारेमा प्रकाश पारे । अधिबेशनले पुनः राम प्रसादपौडेलको अध्यक्षतामा ११ सदस्यीयनयां नेतृत्व चयन गरेको छ ।
जसको उपाध्यक्षमा कौशलकुमार कर्ण, सचिवमा कृष्ण प्रसाद न्यौपाने, कोषाध्यक्षमा दीपक न्यौपाने र सहसचिवमा राम प्रसाद पाण्डे पुन चयन भएका छन् ।
प्रतिक्रिया