ताजा अपडेट »

नेपालको वर्तमान आर्थिक अवस्था

विहीबार, ०८ फागुन २०७६, १७ : ५९
319 Shares

नेपाल एक विकासोन्मूख मिश्रित अर्थवस्था अपनाएको, संघिय लोकत्रान्तिक शासन प्रणाली रहेको भूपरिवेष्ठित देश हो । विश्व मानचित्रमा ०.०३ प्रतिशत तथा एसिया महादेशमा ०.३ प्रतिशत भू–भाग ओगटेको छ । नेपाली अर्थतन्त्र विश्व अर्थतन्त्रमा दुई भिमकाय अवस्थामा रुपान्तरित हुदैँ गरेका मुलुकको बीचमा रहेको छ । जसबाट नेपालले प्राप्त मात्रामा फाईदा लिन सक्ने सम्भावनालाई नजर अन्दाज गर्न सकिदैन् ।

नेपालले आफूलाई चीन र भारतको आर्थिक विकासको सेतुका रुपमा जति छिटै विकसित गर्न सक्छ त्यति नै छिटो नेपाली अर्थतन्त्रले विकासको फड्को मार्न सक्दछ । नेपालले अहिलेको समयमा हरेक किसिमका राजनैनीतिक आन्दोलन तथा कार्यक्रमहरु सफलतका साथ पूरा गरेको छ । यसकारण वर्तमान कार्यदिशा शुशासन सहितको आर्थिक विकास भएकाले अबका १० वर्षमा नेपाल सरकार श्रमिक निर्यात गर्ने देशबाट आयात गर्ने देशमा परिणत हुनेमा विवाद छैन् । नेपाल जैविक विविधता, प्राकृतिक सम्पदा, साँस्कृतिक सम्पदा तथा मानवीय शक्तिका दृष्टिकोणबाट विश्वमा धनी मुलुकका रुपमा प्रकट भएता पनि तिनको उचित व्यवस्थापन तथा सदुपयोग गर्न चुक्दा नेपालको परिचय एक गरिब मुलुकका रुपमा, दाताबाट प्राप्त सहयोगका आधारमा दैनिकी चलाउनेका नाममा चित्रित भएको छ ।

वर्तमान समयमा देश सात प्रदेशमा विभाजित भएको छ जसमध्ये आर्थिक रुपमा सबल प्रदेश, प्रदेश नं. ३ रहेको छ भने सबै प्रदेशले सजिलै आर्थिक समृद्धी प्राप्त गर्ने बलिया प्रमाणहरु रहेका छन । सबै प्रदेशले पर्यटनका माध्यबाट अन्य सम्भावनाहरुलाई अगाडी बढाउने बताई रहेका छन् । यसकारण अब नयाँ नेपाल नमुना मुलुकमा रुपमा परिचित हुँदैछ । आर्थिक विकासको आधारशिला मानिने समष्टिगत आर्थिक चरहरुको अवस्था सकारात्मक रहेको वर्तमान परिपेक्ष्यमा नेपाली अर्थतन्त्रका तिनै चरहरुको व्याख्या आजको लेखमा गर्ने प्रयास परिएको छ:

१. आर्थिक वृद्दिदर

आर्थिक वृद्धिदरको अवस्था हेर्दा नेपालको आर्थिक वृद्धिदर सन् २०१८ मा ८ प्रतिशत हुने अनुमान गरिएको थियो भने ६.५ प्रतिशत मात्र प्राप्त भएको छ जसले नेपाली अर्थतन्त्रमा सुधार गर्नु पर्ने धेरै कुराहरु रहेको बताएको छ । आसा गरिएको दरमा प्रगती नहुनुका पछाडि मूख्य रुपमा असारले विकास अर्थतन्त्र तथा सोही समयमा राज्यको ध्यान निर्वाचन केन्द्रित हुनु पनि हो । यद्यपी पछिल्लो समयमा आपूर्ति प्रणालीमा आएको सुधार तथा उर्जाको उपलब्धता एवम् व्यापारको बिस्तार र निमार्ण कार्यले गति लिन थालेकाले आगामी दिनमा नेपालको आर्थिक वृद्धिदर बढ्नेछ ।

२. प्रतिव्यक्ति आय

प्रति व्यक्ति आयले देशको आर्थिक विकासको अवस्था कस्तो छ भन्ने कुराको संकेत पनि दिने गर्दछ। सन् २०१७ मा ८६७ अमेरिकी डलर प्रतिव्यति आय रहेकोमा अहिले १००४ अमेरिकी डलर भएको छ । यसैको आधारमा सन् २०२२ सम्ममा विकासशील मुलुक तथा सन् २०३० सम्ममा मध्यम आय भएको देशमा स्तरोन्नती हुनेमा शंका छैन् ।

३. मुद्रास्फ्रिती अन्तर

नेपालमा बिगतका वर्षदेखि लगातार मूल्यस्तर बढेको छ । जसले गर्दा स्फितिको अन्तर बढ्दै गएको वर्तमान समयमा उपभोत्ताको मूल्यमा अभाधारित मुद्रास्फिती ३० देखी ४० प्रतिशत रहेको अनुमान छ । यद्दपी पछिल्लो मौद्रिक नीतिले १० प्रतिशत मात्र रहेको बताएको छ भने चालु आर्थिक वर्षमा ७ प्रतिशत भन्दा बढी हुन नदिने बताएको छ । जसलाई पत्याउने आधार निमार्ण भइसकेको छैन । बस्तु तथा सेवाको मूल्यस्तर २ प्रतिशत भन्दा बढीका दरले लगातार बढ्दै जानुलाई अर्थशास्त्रमा मुद्रास्फिती भनिन्छ ।

४. बेरोजगारीको स्तर

व्यक्ति शारीरिक, मानसिक रुपले वर्तमान ज्यालादरमा काम गर्न योग्य तथा मञ्जुर रहँदा पनि काम गर्न नपाएको सक्रिय जनसंख्यालाई नै बेरोजगारी भनिन्छ । नेपालमा यस्तो जनशक्तिको हिस्सा धेरै नै रहेको कुरा सर्वविवित छ । वर्तमान समयमा नेपालको बेरोजगारी दर ११ प्रतिशत रहेको छ । जुन प्रतिशत भारत र चीनको ६.४ प्रतिशत भन्दा धेरै रहनु आर्थिक विकासको लागी राम्रो पक्ष होइन । हामी कहाँ प्रत्येक वर्ष ४ लाख ५० हजार युवालाई रोजगारीको आवश्यकता पर्दछ । जसमा ३ लाख युवा खाडीको रोजगारीमा , ९ हजार स्वदेशी रोजगारीमा र बाकीँ बेरोजगार भएर बस्नुपर्ने दयनिय अवस्था छ ।

५. गरिबीको स्तर

उपलब्ध आम्दानीबाट दैनिक जीवनका आधारभूत आवश्यकताहरु सजिलै पूरा गर्न सक्ने अवस्थालाई नै गरिबी भनिन्छ । गरिबी मापन गरिने बहुआयामिक सूचकका अनुसार नेपालको गरिबीको दर २८.७ प्रतिशत छ भने १४ औँ योजनाको प्रगति विवरणका आधारमा १८.७ प्रतिशत जनताहरु गरिबीको रेखामूनी रहेको पाइएको छ । उपभोग खर्चको आधारमा गिनी सूचकांक शहरी क्षेत्रमा ०.३५३ , ग्रामिण क्षेत्रमा ०.३११ र सम्रग नेपालमा ०.३२८ पुगेको छ । तीव्र रुपमा भैइरहेको शहरीकरण, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणमा निरन्तर वृद्धि कृषि ज्यालामा भएको वृद्धि, गैर कृषि क्षेत्रमा सिजना भएका रोजगारीका अवसरले गर्दा गरिबीको दरमा क्रमशः कमि आएको छ । पछिल्लो समयमा २०७२ सालको भूकम्पकका कारणबाट २ देखी ३ प्रतिशतका दरले थप गरिबीको सिर्जना भएको अनुमान पनि गरिएका छन् । यसैबिच देशमा सुशासन तथा भ्रष्टाचार सम्बन्धी कडा काननको अभाबमा प्रत्येक वर्ष २० देखि २२ लाख मानिस गरिबीको रेखामूनी बाँच्नु पर्ने बाध्यकारी अवस्थाको सिर्जना भएको छ । नवौँ पञ्चवर्षिय योजनादेखि गरिबी निवारणलाई योजनाको प्रमुख लक्ष्य मानेर कार्यक्रम सञ्चालन गाँसिएको भएतापनि बढ्दो राजनीतिक हस्तक्षेपका कारण लक्षित समुदायमा कार्यक्रम नपुगेको तितो सत्य हामी माँझ छ । जसका कारण पनि गरिबीको दरमा कमी नआएको हो ।

६.मानव विकास

मानव जीवनमा आएको गुणात्मक सुधार नै मानव विकास हो । अर्थात् मानवको शिक्षा, स्वास्थ्य र आयू प्रत्यासामा आएको गुणात्मक सुधारलाई मानव विकास भनिन्छ । जुन देशको सम्रग विकासको लागी अनिवार्य शर्त हो । जसको अभावमा कुनै पनि प्रकारको समृद्धि सम्भव छैन । नेपालको मानव विकास सूचांक ०.५४ रहेको छ । जुन सार्कका अन्य देशको तुलनामा कमी तथा आर्थिक समृद्धिको हिसाबले निकै नाजुक हो । देशमा उपलब्ध शिक्षा, स्वास्थ्य, पोषण , खानेपानी, तथा अन्य आधारभूत आवश्यकताको विद्यमान कारुणिक अवसथाले गर्दा नै हाम्रो मानव विकासको अवस्था कम्मजोर भएको हो ।

७. जनसंख्या वृद्धिदर

नेपालको जनसांख्यिक रेकर्ड राख्ने कार्यको सुरुवात गरेको एक शताब्दी पूरा भइसकेको छ । यसबिचमा धेरै पटक नै जनसंख्या वृद्धि भएको छ । उच्च जनसंख्या वृद्धिदर आर्थिक विकासका लागी बाधकको रुपमा लिइन्छ भन्ने कुरालाई आदर्श जनसंख्या सिद्धान्तले प्रमाणित गरेको छ । वर्तमान समयमा नेपालको जनसंख्या वृद्धिदर जनगणना २०६८ लाई आधार मान्दा १.३५ रहेको छ । जसलाई आगामी दिनहरुमा नियन्त्रण गर्दै लैजानु पर्ने आवश्यकता छ । अन्यथा देशमा आर्थिक सामाजिक अपराधहरु बढ्दै जानेमा कुरामा दुइमत छैन ।

८. यातायात तथा सञ्चारको अवस्था

यातायात तथा सञ्चारका क्षेत्रमा नेपाली अर्थतन्त्रले सकारात्मक रुपमा नै प्रगति हासिल गरेको छ । वि.स. २००७ सालसम्म नेपालमा ३७६ कि.मि. सडक रहेको थियो र सञ्चारको अवस्था नाजुक थियो भने वर्तमान सयममा २९१५७ कि.मि. सडक निर्माण भएको छ । साथै २६०२९८६ सवारी साधनहरु सरकारी रेकर्डमा रहेका छन् । सञ्चारका क्षेत्रमा पूर्ण सफलता प्राप्त भएको छ,अहिले देशमा ६०० भन्दा बढी एफ.एम. रेडियो, ७५०० भन्दा धेरै पत्र–पत्रिका, २५ वटा टेलिभिजन सञ्चालन भएका छन् । ६५ प्रतिशत भन्दा बढी नेपालीहरु इन्टरनेटको पहुँचमा पुगेका छन् । जुन नेपाली अर्थतन्त्रको लागि सकारात्मक पक्ष हो ।

अन्त्यमा नेपाली अर्थतन्त्रले पछिल्लो समयमा गति लिन थालेको छ । जसमा सबै नेपालीहरुले मन, वचन तथा कर्मबाट योगदान गरेमा अबका केही वर्षमा नेपाल साच्चिकै विदेशीहरुका लागी विकासको नमुना देश बन्नेवाला छ । त्यसकारण समृद्ध नेपाल निर्माण गर्ने काम सरकारको हो भनि घर अगाडी फोहोर फाल्ने हाम्रो व्यवहारमा परिवतन ल्याई देशलाई समुन्नतीको बाटोमा हिडाउने कार्यमा सहभागी बनौ। विकासको नारा सुनेर नभई व्यवहारमा उतारेर मरण गर्नुपर्छ नेपाली अर्थतन्त्रमा अनगिन्ती सम्भावना छन् । अभाव त केबल हाम्रो चिन्तनमा मात्र हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।