ताजा अपडेट »

एनप्याब्सन रूपन्देहीद्वारा गायन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

शनिबार, १२ माघ २०८१, १९ : ०९
126 Shares
शनिबार, १२ माघ २०८१
126 Shares

बुटवल । नेसनल प्याब्सन बुटवलले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रूपन्देहीका नेशनल प्याब्सनसँग आबद्ध विद्यालयका विद्यार्थीहरू बीच वकृत्वकला तथा गायन प्रतियागिता सम्पन्न गरेको छ । 

गायनतर्फ न्यु लुम्बिनी बोडिङ्ग स्कुल देवदहका छात्रा जानकी पौडेल प्रथम, सुनगाभा पब्लिक सेकेन्डरी स्कुलका खिम बहादुर राना द्वितीय, नमुना एभर ग्रिनका नुराङ्ग सारू तृतीय र सेन्जोसेभ बोर्डिङ्ग स्कुलकी इशा गुरूङ सान्त्वना भएका छन्। त्यस्तैगरी वक्तृत्वकला प्रतियोगितामा प्रथम न्यु लुम्बिनी बोडिङ्ग स्कुलकी छात्रा खुसी घर्ती मगर, द्वितीय स्कलर्स होमकी छात्रा शैलेसा शर्मा, देवदह इङलिस बोर्डिङ्ग स्कुलका छात्र प्रशान्त देवकोटा तृतीय र बुटवल ग्लोरी बोर्डिङ्ग सकुलकी छात्रा अन्शु अर्याल  सान्त्वना भएका छन्। प्रथम द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई मेडल, प्रमाणपत्र र नगदले सम्मान गरिएको थियोे । 

लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाबाट प्रथम, द्वितीय हुने दुबै विधाका विद्यार्थीहरू बीच यही माघ १७ गते प्रदेश स्तरीय प्रतियोगिता दाङको देवखुरीमा आयोजना हुने बताइएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।