बुटवल । बुटवल उपमहानगरपालीका–९ स्थित ईट्टाभट्टीमा ईको चार्जिङ स्टेशन सन्चालनमा आएको छ । बुटवलका स्थानीय ४ युवा मिलेर सुविधा सम्पन ईको चार्जिङ सेन्टर सन्चालनमा ल्याएका हुन ।
करिब १ करोड बढी लगानीमा चार्जिङ स्टेशन निमार्ण गरिएको ईको चार्जिङ सेन्टरका अध्यक्ष मनोज थापाले बताए । पछिल्लो समय ईलेक्ट्रिक गाडीहरूको प्रयोग बढ्दै गएको र राज्यले प्रयाप्त रूपमा चार्जिङ सेन्टरहरू बनाउन नसकिरहेको अवस्थामा बुटवलमा सुबिधा सम्पन चार्जिङ स्टेशन निमाण गरिएको अध्यक्ष थापाको भनाई छ ।
शनिबार स्टेशनको उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख कपिल पान्डेले वातावरणमैन्री नगर बनाउन ईलेक्टिक गाडीको प्रयोग जरूरी रहेको बताए । टाढा–टाढाबाट आउने बसपार्क नजिक भएकाले सवारीसाधनलाई चार्जिङ गर्न र केही समय रेष्ट गर्न यो स्टेशन उपयोगी हुने पान्डेको भनाई छ । सन्चालक डा. नारायण पराजुली, डा. बिकाश केसी, डा. अशोक कुवँरले ईलेक्ट्रिक सवारीसाधनको माग बढ्दै गएको र ठाँउ ठाउँमा चार्जिङ स्टेशन नहुँदा घन्टौ कुर्नुपर्ने समस्या समाधान हुने बताए ।
स्टेशनमा चालकलाई आराम गने ठाउँ र गाडी धुने समेत व्यवस्था गरिएको उनीहरूको भनाई छ । चार्जिङ स्टेशनमा ८ वटा मेशिनद्वारा गाडी चार्ज गर्न सकिने अध्यक्ष थापाको भनाई छ ।
प्रतिक्रिया