ताजा अपडेट »

क्यान ईन्फोटेकको तेस्रो दिन : उद्योगमन्त्री लिला गिरी र प्रदेश सभा सदस्य दधिराम न्यौपानेद्धारा अवलोकन

आइतबार, ०५ फागुन २०७५, १८ : ३७
6 Shares


अन्तरविविद्यालय नृत्य प्रतियोगितामा प्यारामाउण्ट प्रथम



बुटवल, ५ फागुन ।
कम्प्युटर एशोसीयशन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाइटेक क्यान इन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी मा आइतबार प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गरेका छन् ।


प्रर्दशनीको तेस्रो दिन मन्त्री लिला गिरीसंगै प्रदेश सभा सदस्य दधिराम न्यौपाने(माधव शर्माले) समेत अवलोकन गरेका हुन् । क्यान इन्फोटेक अवलोनक पश्चात मन्त्री गिरीले स्थायी प्रकृतिको प्रदर्शनी स्थलको आवश्यकता महसुस गरिएको बताए । उनले सोही अनुसार प्रदेश सरकारले नै अहिले बुटवल मण्डपमा स्थायी प्रकृतिको प्रर्दशनी स्थल बनाउने कार्य समेत अगाडी बढाएको बताए । सूचना तथा प्रविधी सम्बन्धी प्रर्दशनीको लागि अझ बढी स्थायी प्रकृतिको प्रदर्शनी स्थल आवश्यक रहेको उनले बताएका हुन् ।


सबै स्टलहरुको अवलोकन गरेका मन्त्री गिरीले दांग जिल्लाका विद्यार्थीहरुले लाईफाई टेक्नोलोजीको विषयमा विशेष चासो व्यक्त गरे । अहिलेको वाईफाई भन्दा १०० गुण बढि क्षमता भएको लाइफाइलाई विस्तार गर्नको लागि प्रदेश सरकारले पहल गर्ने समेत बताएका थिए ।
क्यान ईन्फोटेकको तेस्रो दिन भएको एक्सपर्ट अन्तर विद्यालय लोक नृत्य प्रतियोगितन सम्पन्न भएको छ ।

सामुदायिक र संस्थागत विद्यालयहरुको उल्लेखनिय सहभागीता रहेको प्रतिपष्र्धाबाट प्यारामाउन्ट ई.बो.स्कुल प्रथम भएको छ भने तिनाउ ई.बो.स्कु द्धितिय र स्कलर्स होम बो. स्कुल तृतिय भएको छ । त्यसैगरी यस्तै न्यूू होराईजन ई.बो.स्कुलले सान्तवनामा चित्त बुुझाएको छ ।

विजयी विद्यार्थीहरुलाई क्रमशः प्रथम १० हजार, दोस्रो ७ हजार, तेस्रो टिमले ५ हजार र सान्तव्ना टिमलाई ३ हजार नगद सहित, प्रमाणपत्र र आर्कषक पुरस्कार प्रदान गरिने अतिरिक्त क्रियाकलपा संयोजक संयोजक माधव अर्यालले बताए । जुन क्यान ईन्फोटेक समापनको दिन फगुन ७ गते वितरण गरिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।