ताजा अपडेट »

एनएमबि बैंक बर्दघाटद्वारा दिब्यज्योति स्कुललाई एसि प्रदान

शुक्रबार, १४ भदौ २०८१, २१ : २३
152 Shares
शुक्रबार, १४ भदौ २०८१
152 Shares

अर्जुनदृष्टि/ बुटवल । एनएमबि बैंक बर्दघाट शाखाले श्री दिब्य ज्योति  माध्यमिक विद्यालय बर्दघाटलाइ एयर कन्डिसन( एसि )सहयोग प्रदान गरेकोछ ।

शाखा प्रबन्धक रामकुमार भारती लगायतका कर्मचारीले विद्यालयका अध्यक्ष शिव बहादुर गुरुङ र प्राचार्य रमेश कुमार कुवर, लेखापाल भुपाल पौडेललाइ सो एसि सहयोग हस्तान्तरण गरेका थिए।

विद्यालयका अध्यक्ष शिव बहादुर गुरुङले एनएमबि बैंकले दिव्यज्योति स्कुललाइ छनौट गरि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै  आगामी दिनमा पनि सहयोग प्राप्त  हुने विस्वास व्यक्त गरे । 

शाखा प्रबन्धक राम कुमार भारतीले एनएमबि बैंकले  आमजनतालाइ उत्कृष्ट, सरल र छिटोछरितो  बैंकिङ्ग सेवा सगै सस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु विभिन्न क्षेत्रमा बिगत देखि नै गर्दै आएको र भविस्य पनि  निरन्तर गरिने जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।