अर्जुनदृष्टि/बुटवल । सहुलियतपुर्ण घरकर्जाको लागि एनएमबि बैंक र सुनौलोघर बीच सम्झौता भएकोछ। सम्झौतामा एनएमबि बैंकको तर्फदेखि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र सुनौलोघरको प्रबर्द्धन गरिरहेको बिउल्ड कर्मा कन्स्ट्रक्सन प्रालीका निर्देशक इन्जिनियर रमेश पन्थीले एक विशेष समारोहका बिच हस्ताक्षर गरेका हुन् ।
नयाँ घर बनाउने ग्राहकलाइ लक्ष्यित गर्दै सम्झौता यो भएको हो । सम्झौता अनुसार सुनौलोघरको प्रबर्द्धन गरिरहेको बिउल्ड कर्मा कन्स्ट्रक्सन प्रालिले कर्जा आवश्यक भएका ग्राहकलाइ एनएमबि बैंकमा पठाउनेछ भने एनएमबि बैंकले घरनिर्माणको लागि आवश्यक सल्लाह, योजनालागि आएका ग्राहकलाइ सुनौलोघरसग सहजीकरण गर्नेछ । सुनौलोघर मार्फत कर्जा लिने ग्राहकलाइ एनएमबि बैंक मार्फत ब्याज र सेवा शुल्कमा सहुलियत हुनेछ भने कम मुल्यमा गुणस्तरीय घर निर्माण गर्न सुनौलोघरबाट सहयोग पुग्ने सम्झौतामा उल्लेख छ।
एनएमबि बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले व्यवासय, जागिर तथा वैदेशिक रोजगारमा व्यस्त हुने आमनागरिकलाइ पुस्तौपुस्ता टिक्ने आफ्नो बलियो सपनाको घर बनाउन सम्झौताले निकै ठुलो सहयोग गर्ने विस्वास व्यक्त गरे ।
सुनौलो घर योजनाका डाइरेक्टर इन्जिनियर रमेश पन्थीलेले २१ औ शताब्दीको अत्याधुनिक बलियो र टिकाउ घर सुफत मुल्यमा निर्माण गरिने बताउदै एकैपटक धेरै घरहरु बनाउने हुदा होलसेलमा निर्माण सामग्री तथा ज्यालाहरु सस्तो पर्ने जानकारी दिए । सस्तो खर्चमा घर बनाएपनि गुणस्तरमा अब्बल हुने जानकारी दिदै आफुहरु स्वदेश मै उदाहरणीय कर्म गर्ने उदेश्यका साथ लामो व्यावसायिक यात्रामा अगाडि बढेकोले जिवन्त ग्राहकको विस्वास कायम राख्नेनेगरि ईमानदारपुर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमा एनएमबि बैंक लुम्बिनी प्रदेश एरिया एकका सिनियर म्यानेजर मेघराज तिमिसिनाले एनएमबि बैंक र सुनौलोघरको सम्झौताले आमग्राहकलाइ फाइदा हुने बताउदै सुनौलो घरको सिफारिसमामा आउने ग्राहकको कर्जा प्रक्रियालाई प्राथमिकता दिईने जानकारी दिए ।
शाखा प्रबन्धक अर्जुन ज्ञवालीले संचालन गरेको कार्यक्रममा बैंकका एरिया म्यानेजर प्रभात सिंह खाती, लुम्बिनी प्रदेश रिस्क म्यानेजर कमल न्यौपाने, शाखा प्रबन्धकहरु , रिलेसनशिप म्यानेजरहरु एवं सुनौलो घरका प्रशासक बिनोद पौडेल तथा इन्जिनियरहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया