ताजा अपडेट »

मुग्लिन–नारायणगढ खण्डमा गुडिरहेको बसमाथि ढुंगा खस्यो, १९ जना घाइते

शुक्रबार, ०७ भदौ २०८१, १६ : ०७
150 Shares
शुक्रबार, ०७ भदौ २०८१
150 Shares

काठमाडौं । चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ।शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका( २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो। 

बसमा सवार १९ जना यात्रु घाइते छन्। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ। घाइते ९ जनालाई सरकारी अस्पताल र १० जनालाई पुरानो मेडिकल कलेजमा पठाइएको छ। दुई जना गम्भीर रहेको डिएसपी रिजालले बताए।

बसमा क्षति पुगेको छ। बस घटनास्थलमै राखिएको हुँदा सडक अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको छ। घटनाबारे थप बुझ्ने काम भइरहेको छ।यसअघि पनि दुई वटा सवारीसाधनमा ढुंगा खसेको थियो। मानवीय क्षति भने भएको थिएन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।