ताजा अपडेट »

राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न

आइतबार, २३ असार २०८१, १० : ३०
102 Shares
आइतबार, २३ असार २०८१
102 Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको व्यवस्थापनमा भएको राष्ट्रिय बहिरा तथा दृष्टिविहीन पारा जुडो प्रतियोगिता सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको बहिरातर्फ ३४ खेलाडीले १० स्वर्ण तथा दृष्टिविहीनतर्फ १८ खेलाडीले ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

सो अवसरमा पेरिस ओलम्पिक– २०२४ को जुडोमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी मनीता श्रेष्ठ प्रधानलाई सम्मान गरिएको थियो ।

विजेतालाई राखेपकी सदस्य अञ्जना श्रेष्ठ, नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष रमेश महर्जन, वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।