ताजा अपडेट »

भारतको विपक्षी दलका नेतामा राहुल गान्धी नियुक्त

शनिबार, २६ जेठ २०८१, २३ : १७
110 Shares
शनिबार, २६ जेठ २०८१
110 Shares

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी लाई संसद्‌मा भारतको विपक्षीको नेतृत्व गर्न शनिबार मनोनयन गरिएको छ । मोदीले पछिल्लो समय आमचुनाव जितेपछि तेस्रो कार्यकालका निम्ति शपथ लिँदै छन् । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो । त्यसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो ।

गान्धीले विश्लेषकको अपेक्षा र ‘एक्जिट पोल’लाई बेवास्ता गर्दै आफ्नो पार्टी (कांग्रेस)लाई संसदीय संख्यामा लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा एक दशकअघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो । शनिबार कांग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताका रूपमा चयनका निम्ति सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४ देखि खाली थियो ।

गान्धी दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाउने वंशको वंशज हुन् भने स्वतन्त्रता नेता जवाहरलाल नेहरूबाट सुरु गरेर पूर्वप्रधानमन्त्रीका छोरा र नाति हुन् । रासस

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।